कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा, कार्त्तिक ८ गते बुक क्लोज
काठमाडौं । कुमारी बैंकले आगामी कार्त्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बाेलाएकाे हाे । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक ७ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् । उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद(कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सम्बन्धित समाचार कुमारी बैंकले घोषणा गर्यो ८.६७ प्रतिशत लाभांश
बोनसपछि साधना लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४१५.२० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४१५.२० रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७६९ रुपैयाँमा भएको थियो ।
सेयर बजारमा निरासा कायमै, परिसुचक ३ प्रतिशतले घट्यो
काठमाडौं । आज पनि सेयर बजारमा निरासा कायमै रहेको छ । लगानीकर्ताले मूल्य बढ्ने आशा गर्नुको साटो मूल्य घटेर भएपनि आफूसँग भएको सेयर बेच्न खोज्दा बजार घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक नेप्से परिसुचक ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा आइपुगेको छ । आज बजार बन्द हुँदा परिसुचक २.९९ प्रतिशतले घटेको हो । आज परिसुचक १०४.६२ अंकले (४.०४ प्रतिशत) सम्मले घटेको थियो । आज ३ अर्ब ७७ करोड ७७ लाख रुपैयाँमा ९५ लाख ७२ हजार कित्ता सेयर कारोबार भए । आज दोस्रो बजारका सबै समुहको सुचक घटेका छन् । बैंकिङ समुहको सुचक ५१.६६ अंकले, ट्रेडिङ समुहको सुचक ५१.९३ अंकले, होटल तथा टुरिजम समुहको सुचक ८८.२९ अंकले, विकास बैंक समुहको सुचक १९४.९७ अंकले र जलविद्युत समुहको सुचक ११७.९९ अंकले घटेका छन् । यस्तै, फाइनान्स समुहको सुचक ११२.१४ अंकले, निर्जीवन बीमा समुहको सुचक ३१४.०८ अंकले, उत्पादनमुलक समुहको सुचक १७५.३२ अंकले, अन्य समुहको सुचक ३३.३२ अंकले, लघुवित्त समुहको सुचक १३५.८२ अंकले, जीवन बीमा समुहको सुचक ४२८.३९ अंकले, म्युचुअल फण्ड समुहको सुचक ०.१७ अंकले र लगानी समुहको सुचक २.४ अंकले घटेका छन् ।