गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३४८.०९ रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५७६ रुपैयाँमा भएको थियो ।

सिद्धार्थ बैंकले घोषणा गर्यो स्थिर लाभांश

काठमाडौं । सिद्धार्थ बैंकले स्थिर लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश घोषणा गरेको बैंकले गत आर्थिक वर्षको पनि कूल १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ । कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको तुलनामा बोनस र नगदमा तलमाथि गरी कूल लाभांशदर भने बराबर प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बोनसदर बढी हो भने नगद लाभांश दर घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।

बोनसपछि कुमारी बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६४.१५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २८० रुपैयाँमा भएको थियो ।