सेञ्चुरी बैंकले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट ७.५० लाभांश वितरण गरेको थियो । प्रस्तावित ६.०५ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

नेपाल हाइड्रोको लाभांश घोषणा, तोक्यो बुक क्लोजको मिति

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २८ गते दिउँसो ३ बजे हुने छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने छ । यससँगै पुस १२ गतेसम्म कायम सेयरधनीले उक्त प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

पोखरा फाइनान्सले बढायो लाभांशदर, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । पोखरा फाइनान्सले लाभांशदर बढाएर घोषणा गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको लाभांशदर बढाएको हो । संस्थाले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८.०७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ छ । प्रस्तावित बोनसपछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।