एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो लाभांश, कहिले हुँदै छ बुक क्लोज ?
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई कम्पनीको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले आगामी पुस २९ गते वार्षिक साधारणसभा आव्हान गरेको हो । बैंकले सभामा जाने प्रयोजनको लागि आगामी पुस १५ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यससँगै पुस १४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
बोनस सेयरबाट नबिल बैंकको सय कित्ता हुनेले पाए ४८ हजारको सम्पत्ति
काठमाडौं । नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च वृद्धि भएको देखिएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशका अनुसार नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च रुपले वृद्धि हुने देखिएकाे हाे । नबिल बैंकले सेयरधनीहरुलाई कुल ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ३३.६० प्रतिशत स्टक र ४.४० प्रतिशत नगद लाभांश रहेको छ । ३३.६० प्रतिशत स्टक लाभांशलाई आधार मान्दा १०० कित्ता सेयर हुने सेयरधनीले कुल ३३.६० कित्ता सेयर पाउँछन् । ३३ं.६० कित्ता सेयरलाई बिहीबारको बजार मूल्य १४३० रुपैयाँसँग तुलना गर्दा सेयरधनीहरुको सम्पत्ति ४८ हजार ४८ रुपैयाँले बढ्छ भने सेयरधनीको कुल सम्पत्ति अर्थात पोर्टफोलियो १ लाख ४८ हजार ४८ रुपैयाँको हुन आउँछ । यस्तै, गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश दिने बैंकहरुको दोस्रो सूचीमा हिमालयन बैंक छ । हिमालयन बैंकले पनि सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले कुल लाभांशको २१.३६ स्टक र ४.६४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । १०० कित्ता सेयर हुने हिमालयन बैंकका सेयरधनीले कुल २१.३६ कित्ता सेयर लाभांशका रुपमा पाउँछन् । यद्यपि अहिले हिमायन बैंकको सेयर कारोबार भने रोक्का छ । गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश दिने बैंकहरुको तेस्रो स्थानमा कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले आफ्नो सेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले कुल लाभांशमध्ये २० प्रतिशत स्टक र १.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बिहीबारकोको सेयर बजारको मूल्य अनुसार बैंकको सेयर मूल्य ४४१ रुपैयाँ छ । १०० कित्ता सेयर हुने कृषि विकास बैंकका सेयरधनीले २० कित्ता सेयर पाउँछन् । २० कित्ता सेयरलाई ४४१ रुपैयाँ सेयरमूल्यसँग गुणन गर्दा सेयरधनीको सम्पत्ति ८ हजार ८ सय २० रुपैयाँले बढ्छ । १०० कित्ता सेयर हुने कृषि विकास बैंकका सेयरधनीहरुको सम्पत्ति लाभांशपछि कुल ५२ हजार ९ सय २० हुन आउँछ । सम्बन्धित समाचार बैंकको एक कित्ता सेयर हुनेले औसतमा पाए १.५४ रुपैयाँ लाभांश, पोहोरको भन्दा निकै कम
नेपाल वेयर हाउसले आइपिओ जारी गर्ने
काठमाडाैं । नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख पु¥याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ । हालै सम्पन्न कम्पनीको साधारणसभाले १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण शेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए । एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ । निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले रु १५ करोड लगानी गरिसकेका छन् । कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ । निर्माणधिन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ ।