मेरो कार्यकाल पुँजी बजारका लागि कोशेढुङ्गा बन्यो-साउद
काठमाडौं । पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो कार्यकाल पुँजी बजारका लागि कोशेढुङ्गा बनेको बताएका छन् । मंगलबार पदबाट राजीनामा दिँदै उनले आफ्नो कार्यकाल पूँजी बजारका लागि कोशेढुङ्गा बनेको बताएका हुन् । ‘मलाई अनकेन लान्छना लगाइयो, सीईओले सबै कम्पनीको सेयर किन्न पाइने नियम छ, सोही नियम अनुसार मैले सेयर किनेको थिएँ, तर बजारमा अन्तर्राष्ट्रिय कानुनलाई परिभाषित गर्दै आरोप लगाइयो र राजीनामा दिन बाध्य भएँ,’ उनले भने । यस्तै, उनले प्लेटफर्म निर्धारण गर्ने काम नेप्सेको भएको तर बजार नियमन गर्ने काम अरु नै निकायको भएको पनि बताए । ‘मैले नैतिकताको आधारमा रहेर राजीनामा दिएको छु । बैंक र प्रादेशिक रुपमा पनि ब्रोकर कार्यालय खोल्ने तयारी थियो तरपनि मैले मेरो कार्यकाल कोशेढुङ्गा सावित भएको महसुस गरेको छु । दैनिक २ अर्ब कारोबार हुने बजारमा अहिले २० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ’ उनले भने । नेपाल सरकारलाई सहयोग गर्ने हिसाबले राजीनामा दिएको पनि उनको भनाई छ । यस्तो छ उनको राजीनामा पत्रः
नेप्सेका सीईओ साउदले दिए राजीनामा
काठमाडौं । पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएकाे बताएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । उनी दिनभर कार्यालय बाहिर रहेको र अचानक साँझ पत्रकार सम्मलेन गर्दै राजीनमा गरेका हुन् । आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको थियो । उनी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाको परिवारले सर्वोत्तमको गोल्डेन सेयर पाएको आरोप लागेको छ । सम्बन्धित सामग्री: नियामक प्रमुखहरुको अचानक दाैडधूप, आजै राजीनामा आउन सक्ने
नेप्से र कारोबार दुबैमा गिरावट, १९ कम्पनीको सेयरमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं । चार दिनपछि मंगलबार खुलेको सेयर बजारमा उच्च गिरावट देखिएको छ । बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको हो । बजारमा नेप्से परिसूचक कारोबार शुरु भएदेखि निरन्तर घटेको छ । दिनभरको कारोबारमा परिसूचक ५५.८९ अंकले घटेर ३१२५ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा १.७६ प्रतिशतले घटी हो । त्यस्तै, सो दिन १६ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा ४ अर्ब ३७ करोड रुपैयाँले घटी हो । गत बिहीबारको बजारमा २० अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२५ कम्पनीको सेयर कारोबार भएको बजारमा बढी कारोबार गर्नेको सूचीमा अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । जसमध्ये अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । जसको एकैदिन ७५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, बढी गुमाउनेको सूचीमा पनि अधिकांश हाइड्रो कम्पनी नै रहेका छन् । अधिकांशको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सो दिन कूल १९ कम्पनीको सेयर मूल्य १० प्रतिशतको लेभलमा घटेको छ । बजारमा फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी विकास बैंक समूह २४१.४० अंकले घटेको छ । र, दोश्रोमा हाइड्रो समूह २३२ अंकले घटेको छ ।