लगानीकर्ताको कार्यदलले भेट्यो अर्थमन्त्री, के भयो छलफल ?

फाइल फोटो काठमाडौं । पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका हुन् । भेटमा विभिन्न ५ वटा विषयमा छलफल भएको उक्त कार्यकादलका संयोजक अम्बिकाप्रसाद पौडेलले जनाएका छन् । पुँजीबजारको वर्तमान अवस्था, सेयरधितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नुपर्ने सुधारका कार्यहरुको बारेमा अर्थमन्त्री सरकात्मक रहेका उनले जनाए । साथै, अर्थमन्त्रीले आफू पुँजीबजारको दिगो विकास र विस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाएका छन् ।

२ म्युचुअल फण्ड बाहेक सबैको सेयर मूल्य बढ्यो, एकैदिन ६० कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबारको बजारमा ६० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब अडाई २ घण्टा मात्रै खुलेको बजारमा कारोबारमा आएका मध्ये ६० कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो । उक्त ६० कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । र, बाँकी १७ कम्पनीको प्रतिकित्ता सेयर साढे ९ प्रतिशतभन्दा बढी मूल्यमा बढेको छ । मंगलबार सर्किट लेभलमा सेयर किनबेच हुनेमा अधिकांश हाइड्रो र फाइनान्स समूहका कम्पनी रहेका छन् । त्यस्तै, केही माइक्रोफाइनान्स, केही विकास बैंक छन् भने वाणिज्य बैंक अन्तर्गतका एउटा पनि छैनन् । त्यस्तै, आजै साधारणसभा र बुक क्लोजको मिति तय गरेको नेपाल रि इन्स्योरेन्सको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ । इन्स्योरेन्सको सेयर मूल्य ९.६३ प्रतिशतले बढेर प्रतिकित्ता १२३९ रुपैयाँ पुगेको छ । ६ प्रतिशतले बढेको बजारमा पनि दुई म्युचुअल फण्डको इकाई मूल्य भने घटेको छ । नबिल ब्यालेन्स्ड फण्ड ३ र कुमारी इक्विटी फण्डको इकाई मूल्य सामान्य अर्थात ०.२१ र ०.११ प्रतिशतले घटेको छ । यससँगै यी दुईको प्रतिइकाई मूल्य क्रमशः ९.४१ र ८.८९ रुपैयाँमा झरेको छ । सेयर मूल्य १० प्रतिशतले बढेका ६० कम्पनी सम्बन्धित समाचार साढे एक घण्टा अघि नै बन्द भयो मंगलबारको सेयर बजार सेयर कारोबार पुनः सुचारु नेप्सेमा लाग्यो सर्किट ब्रेक, सेयर कारोबार स्थगित सेयर बजारमा छायो हरियाली, एक घण्टामै ९० अंकले बढ्यो परिसूचक

साढे एक घण्टा अघि नै बन्द भयो मंगलबारको सेयर बजार

काठमाडौं । मंगलबारको सेयर बजार साढे एक घण्टा अघि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सेयर कारोबार आज दिनभरीको लागि बन्द भएको हो । दिउँसो १ बजेर २६ मिनेट जाँदा परिसूचक ६.०१ प्रतिशतले बढेपछि नेप्से आज दिनभरको लागि सेयर कारोबार बन्द गरेको हो । नेप्सेको सर्किट ब्रेकरको व्यवस्था अनुसार परिसूचक ६ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा सो दिनको लागि कारोबार बन्द हुने छ । यससँगै अब बुधबार मात्रै सेयर कारोबार खुल्ने छ । मंगलबारको बजारमा दुई पटक सर्किट ब्रेक लाग्यो । यसअघि ५ प्रतिशत भन्दा बढीले परिसूचक बढेपछि सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि पुनः खुलेको बजारमा पनि परिसूचक ६.०१ प्रतिशतले बढेपछि दोश्रो पटक सर्किट लागेको हो । यससँगै एकैदिनमा परिसूचक १३७.१८ अंकले बढेर २४१८.८५ बिन्दुमा पुगेको छ । पछिल्लो समय निरन्तर घटेर २२०० को बिन्दुमा झरेको परिसूचकले मंगलबार एकैदिनमा २४०० बिन्दु पार गरेको छ । करिब २ घण्टा कारोबार भएको बजारमा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता धितोपत्र किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । दुई घण्टामा बैंकको ९ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४६० रुपैयाँ पुगेको छ । जुन सोमबार १३६६ रुपैयाँमा झरेको थियो । त्यस्तै, कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।