काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको ३२.६८ प्रतिशत लाभांश पारित भएको छ । पौष ३ गते सम्पन्न लघुवित्तको वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।
यसैगरी साधरणसभाले लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एसोसियट, चार्टर्ड एकाउण्टेण्टसलाई आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
त्यसै साधरणसभाबाट संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सञ्चालकमा सृजना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित भएका छन् ।