नेपाल हाइड्रोको लाभांश घोषणा, तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २८ गते दिउँसो ३ बजे हुने छ ।

सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने छ । यससँगै पुस १२ गतेसम्म कायम सेयरधनीले उक्त प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

Share News