हिमालयन क्यापिटलले प्रधानमन्त्री राहत कोषमा दियो १० लाख १ हजार

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका अनुसार उक्त रकममध्ये ९ लाख १ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट र बाँकी १ लाख रुपैयाँ कर्मचारीको स्वेच्छिक योगदानबाट संकलन गरिएको हो ।

हिमालयन क्यापिटलले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । साथै, बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै कम्पनीले उद्धार तथा राहतमा खटिएका सम्पूर्ण निकाय र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

Share News