आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा कल्पना केसी नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कल्पना केसी नियुक्त भएकी छन् ।

संस्थाको सञ्चालक समितिको १८३औँ बैठकले केसीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि स्वतन्त्र सञ्चालक रहेकी सम्झना श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको छ ।

श्रेष्ठको राजीनामापछि रिक्त रहेको पदमा काठमाडौंको पुरानो बानेश्वर–९, बत्तीसपुतली निवासी केसीलाई नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ । 

Share News