गुराँस लघुवित्तले १० प्रतिशत लाभांश दिने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बराबर १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ बोनस सेयर वितरण गरिनेछ ।

यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.५ प्रतिशत नगद लाभांश अर्थात् ६ लाख ६१ हजार ७९० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ ।

संस्थाले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ ।

Share News