काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार मात्रै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र सनराइज बैंकको सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये प्रभु बैंकको १२ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता २९४.७३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सनराइज बैंकको ६.६५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता २७१ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर समायोजनसँगै प्रतिकित्ता २५४.१० रुपैयाँ कायम भएको छ ।
लघुवित्त समूह अन्तर्गतको मनकामना स्मार्ट लघुवित्तको पनि १७ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको प्रतिकित्ता सेयर मूल्य १३३३.३३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १५६० रुपैयाँ कायम भएको छ ।
यससँगै भोलिदेखि यी कम्पनीको सेयर किन्नेले गत आर्थिक वर्षको लाभांश पाउने छैनन् ।