हिमालयनको नाफामा ४९.१८ प्रतिशत उछाल, लाभांश क्षमता २७.१३ प्रतिशत

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा ४९.१८ प्रतिशत बढेर १० करोड ६६ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा लघुवित्तले ७ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको चौथो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ४४ करोड २१ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ३७ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्त संस्थाले ४ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ४९ करोड ५० लाख ४६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, १५ करोड २१ लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अपधिमा ५ करोड ३० लाख १४ हजार रुपैयाँ शुल्क, ४२ करोड ३९ लाख ८ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १० करोड ५४ लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा थियो । लघुवित्तको वितरणयोग्य नाफा ९ करोड २५ लाख २१ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता २७.१३ प्रतिशत रहेको छ । ३४ करोड १० लाख ८६ हजार  रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत असारसम्म लघुवित्तले १ अर्ब २७ करोड २१ लाख ६४ हजार रुपैयाँ निक्षेप र ४ अर्ब ८५ लाख ४५ हजार रुपैयाँ सापटी लिई ४ अर्ब ९६ करोड २७ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ अर्ब १० करोड ४७ लाख ५० हजार रुपैयाँ निक्षेप तथा ३ अर्ब ८२ करोड ८१ लाख ३ हजार रुपैयाँ सापटी लिई ४ अर्ब ८९ करोड ५६ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो २२.३४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ३१.२६ रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.८१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेकाे छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ७.४८ प्रपिशत रहेको खराब कर्जा बढेर ९.०४ प्रतिशत पुगेको छ । 

आईसिएफसी फाइनान्सको नाफा साढे २६ करोड, कर्जा १०.८९ प्रतिशत बढ्यो

काठमाडौं । आईसिएफसी फाइनान्सको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा २१ प्रतिशत घटेर २६ करोड ४२ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा फाइनान्सले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत बढेर ६४ करोड ५४ लाख २१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४३ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा फाइनान्सले ११ करोड ५ लाख २० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ८० करोड ६९ लाख ३९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी, ३७ करोड ५१ लाख १५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अपधिमा १२ करोड ३३ लाख १४ हजार रुपैयाँ शुल्क, ८१ करोड १३ लाख २७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ४७ करोड ४७ लाख ९२ हजार रुपैयाँ सञ्चालन नाफा थियो ।  फाइनान्स कम्पनीको वितरणयोग्य नाफा १४ करोड १७ लाख ३२ हजार रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ११.९८ प्रतिशत रहेको छ ।  १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड ५३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्म फाइनान्सले २२ अर्ब २३ करोड २७ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ६९ करोड ५६ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ अर्ब ९९ करोड २ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १६ अर्ब ८५ करोड ९१ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  गत वर्ष कम्पनीको निक्षेप ११.२१ प्रतिशत र कर्जा १०.८९ प्रतिशत बढेको छ ।  फाइनान्सको प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट घटेर २२.३३ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा २६.३८ गुणा मूल्य आम्दानी अनुपात छ भने १८९.३२ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ ।  कम्पनीले गत वर्ष खराब कर्जा घटाएको छ । अघिल्लो वर्ष १.८४ प्रपिशत खराब कर्जा रहेकोमा गत वर्ष १.५५ प्रतिशतमा झारेको छ । 

रिलायबल भेञ्चर क्यापिटलको साढे ६ करोडको सेयर बिक्रीमा, मूल्य १२६ रुपैयाँ

काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले करिब ६ करोड ६२ लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीबाट सेयर बिक्रीका लागि निवेदन परेपछि कम्पनीले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीका अनुसार प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसाको मूल्य निर्धारण गरिएको छ । उक्त मूल्यका आधारमा कुल ६ करोड ६१ लाख ५५ हजार २५० रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक सेयरधनीहरूलाई दिइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले १५ दिनभित्र कम्पनीबाट १०० रुपैयाँ तिरेर आवेदन फारम खरिद गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य स्पष्ट उल्लेख गर्दै गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ । कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकबाहेक अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।