सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डले इकाइधनीलाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

फण्डको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको भदौ २६ गते बसेको १५२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सो अवधिसम्मको सञ्चित कोषबाट करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते एक दिन सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइधनी दर्ता किताब बन्द रहनेछ ।

यसअनुसार असोज ७ गतेसम्म कायम रहेका इकाइधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन् ।

Share News