सप्तकोशी डेभलपमेन्ट बैंकको १० लाख कित्ता हकप्रद सेयर निष्कासन, पुस २४ देखि आवेदन दिन पाइने

काठमाडौं ३, पुस । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १० लाख कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेको यो बैंकले एक सेयर बराबर एक सेयर नै दिने गरी शत् प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले एक सयर रुपैयाँ अंकित १० लाख कित्ता हकप्रद साधारण सेयरको निष्कासन खुला गरेको हो । बैंकले यही पुस ८ गते सेयरधनी दर्ता किताब बन्द गरिएकोले सो मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन पाउने जानकारी दिएको छ । यो बैंकले आगामी पुस २४ गतेदेखि फागु १ गतेसम्म हकप्रद सेयरको आवेदन दिइसक्नुपर्ने बताएको छ । यो बैंकले सप्तकोशीका सबै शाखा र एनएमबी बैंकका काठमाडौं र बाहिरका शाखाबाट सेयरको आवेदन दिन सक्ने बताएको छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापटिल लिमिटेड हो ।

भार्गव विकास बैंकले २० प्रतिशत बोन सेयर दिँदै, पुस २३ गते साधारण सभा आव्हान

काठमाडौं २, पुस । भार्गव विकास बैंकले चुक्ता पूँजी १२ करोड रुपैयाँको २० प्रतिशत वोनस सेयर जारी गर्ने भएको छ । बैंकको संचालक समितिबाट भएको बोनस सेयरको स्वीकृति गर्ने, उपयुक्त वित्तीय संस्थासँगको मर्जर वा एक्विजिसनको स्वीकृतिका लागि बैंकले साधारण सभावबाट पारित गराउने भएको छ । बैंकले सो साधारण सभाबाटै विशेष प्रस्तावमार्फत यस्तो निर्णयको स्वीकृति लिने भएको छ । बैंकले पुस २३ गते शनिबार नेपालगन्जको कृष्ण होटलमा साधारणसभा बोलाएको छ । सभाबाट गत आर्थिक वर्षको नाफा नोक्सानसहितको वित्तीय अवस्थाको प्रस्ताव पनि पारित गराउने भएको छ ।

लक्ष्मी लघुवित्त र नेपाल ल्यूब आयलको वार्षिक साधारणसभा आगामी पुस २२ गते

काठमाडौं, १ पुस । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको पनि वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । त्यस्तै, नेपाल ल्यूब आयल लि.को पनि २५औँ वार्षिक साधारणसभा आगामी पुस २२ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस ७ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।