एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टको मुल्य समायोजन, सेयरधनी दर्ता पुस्तिका पनि आजै बन्द
काठमाडौं, ७ पुस । एनएमबि बैंक, प्रिमियम इन्स्योरेन्स र गुह्हेश्वरी मर्चेन्ट फाइनान्सको सेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा विहिबार एनएमबि बैंक , प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता सेयरमूल्य ५२१ रुपैयाँ कायम गरिएको छ । एनएमबिको आधारमूल्य ४६६ रुपैयाँ रहेको छ । त्यस्तै प्रिमियर इन्स्योरेनसले २० प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता १३९४ रुपैयाँ कायम भएको छ । प्रिमियरको आधारमूल्य १११० रुपैयाँ रहेको छ । गुहेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम गरिएको छ । जसको आधारमूल्य २५९ रुपैयाँ रहेको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका पनि आजैबाट बन्द भएको छ ।
सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख बराबरको साधारण सेयर चैतभित्र जारी गर्ने
काठमाडौं, ६ पुस । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाले आगामी चैत्रभित्र नै साधारण सेयर जारी गर्ने भएको छ । फाइनान्सले सय रुपैयां अंकित एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो । बुधबार प्रेस वित्रप्ति जारी गरी कम्पनीले साधारण सेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको जनाएको छ । माईक्रोफाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल र एनएमबि क्यापिटलका श्रीजेश घिमिरेले सेयर निष्काशन सम्वन्धि सम्झौंतामा हस्ताक्षर गरे । कम्पनीको मुख्य कार्यालय सुनसरीको ईटहरीमा रहेको छ । फाईनान्सको ४ करोड ८० लाख चुक्तापुजँी रहेको छ । साधारण सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको कार्यक्षेत्र १० जिल्लामा रहेको छ ।
कसमस डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ गते, १५ गतेदेखि बुक क्लोज
काठमाडौं, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ दशमलब ८ प्रतिशत बोनस सेयर दिने बैठकको निर्णयलाई पारित गर्न साधारणसभा बोलाएको छ । सभाले बैंकको निर्णयलाई पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।