काठमाडौं । स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत सेयर वितरण गर्ने भएको छ । कम्पनीले सेयर वितरणका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको जनाएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी दिँदै सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको हो ।
उक्त निर्णयअनुसार कम्पनीले भदौ १५ गते विद्युत नियमन आयोगमा बोनस सेयर वितरणका लागि पूर्वस्वीकृति माग्दै निवेदन दिएको थियो ।
कम्पनीका अनुसार विद्युत नियमन आयोगले भदौ २६ गते बोनस सेयर वितरणका लागि पूर्वस्वीकृति प्रदान गरेको छ ।
अब कम्पनीले आवश्यक नियामकीय प्रक्रिया पूरा गरी आगामी वार्षिक साधारणसभाबाट लाभांश प्रस्ताव पारित गरेपछि सेयरधनीले बोनस सेयर र कर प्रयोजनको नगद लाभांश प्राप्त गर्नेछन् ।