सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित
काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तूत भएको आ.ब. २०७२/७३ को प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण, सो संग सम्बन्धित अनूसुचीहरु समेत पारित गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीती अनुसार २०७४ साल आषाढ मसान्तसम्म विकास बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउँदै लैजाने क्रममा मर्जरलाई प्राथमिकता दिदैं सो मात्रामा हकप्रद शेयर जारी गर्नेे प्रस्ताव पारित गरेको छ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडमा, एकता विकास बैंक लिमिटेड बुटवल, नेपाल सरकारको स्वामित्व समेत रहेको नेपाल आवास फाइनान्स लिमिटेड काठमाण्डौं एक आपसमा गाभिई सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट २०७३ साल जेष्ठ २८ गतेबाट एकिकृत कारोबार गरेको थियो । यस साधारण सभा मर्जर पश्चातको पहिलो साधारण सभा हो । सभाले समितिमा संस्थापक शेयरधनीको तर्फबाट राम बहादुर भण्डारी, डा. ध्रुव प्रसाद ढकाल, रतनलाल अग्रवाल र डि.बि इन्भेष्टमेण्ट प्रा. लि. गरी ४ जना निर्विरोध चयन गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट बद्री खनाल, मिलन कुमार कार्की र एन.पि.सि.एम इन्भेष्टमेण्ट गरी ३ जना संचालकको निर्विरोध चयन गरेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
एसबिआई बैंकले घटायो एफपिओको मूल्य, प्रतिकित्ता ९७१ रुपैयाँ मात्र
काठमाडौं, २४ मंसिर । नेपाल एसबिआई बैंकले प्रस्तावित एफपिओकोे मूल्य प्रतिकित्ता १३ रुपैयाँले घटाएको छ । मूल्य घटाएपछि बैंकको एफपिओकोे मूल्य प्रतिकित्ता ९७१ रुपैयाँ रहेको छ । यस अघि बैंकले एफपिओकोे मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ तोकेको थियो । बैंकले ६७ हजार ७६७ दशमलब ८७ कित्ता एफपिओ जारी गर्न लागेको छ । शुक्रबार बसेको बैंकको ४०१ औँ बैंक सञ्चालक समितिको बैठक अनुसार गत १८० दिन अघिदेखि बजारमा बैंकको सेयर मूल्य घटेको कारणले यसको मूल्य घट्न गएको हो । नेपाल धितोपत्र बार्डको निर्देशन अनुसार बैंकले जारी एफपिओको मूल्य घटाएको हो । बोर्डले गत मंसिर २१ गते नै बैंकलाई एफपिओको मूल्य घटाउन निर्देशन दिएको थियो ।
चार कम्पनीले गरे साधारणसभाको घोषणा, कहिले कहिले हुँदै छ?
काठमाडौं, २३ मंसिर । बिहीबार मात्र चार वटा कम्पनीले वार्षिक साधारणसभाको घोषणा गरेका छन् । माछापुच्छ्रे बैंकको आगामी पुस २२ गते वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागी पुस १ गतेदेखि पुस २२ गते सम्म बैंकको बुक क्लोज हुने भएको छ । उक्त निर्णय मंसिर २१ गते बसेको बैंकको ३३२औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि पुस १६ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि कम्पनीको आगामी मंसिर २९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज हुने छ । उक्त निर्णय मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । त्यसैगरि, स्वावलम्बन लघुवित्त विकास बैंकको पनि आगामी पुस ४ गतेदेखि २० गतेसम्म बुक क्लोज हुने छ । बैंकको आगामी पुस २० गते वार्षिक साधारणसभा हुने मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बताएको छ । साथै, सेवा विकास बैंक पनि आगामी पुस १५ गते साधारणसभा बस्दै छ ।