फेमे खोला जलविद्युत आयोजनाको तीन लाख कित्ता साधारण सेयर आउँदै

काठमाडौं, १७ मंसिर । फेमे खोला जलविद्युत आयोजनाको तीन लाख कित्ता साधारण सेयर आउँदै छ । सो आयोजना खोरङगा हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको हो । साधारण सेयर निष्कासनका लागि कम्पनीले शेयर निष्कासन तथा विक्रि प्रबन्धको रुपमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि ३० हजार कित्ता साधारण सेयर जारी गर्ने छ । भने बाँकी २ लाख ७० हजार कित्ता सर्वसाधारणको लागि छुट्याएको विज्ञप्ति मार्फत जनाएको छ । कम्पनीले पाँचथरको फिदिममा नौ सय ९५ किलोवाट क्षमताको फेमे खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । सो आयोजनाको प्रभावित क्षेत्रमा पाँचथरको फिदिमका बासिन्दा रहेका छन् । साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापुजी १० करोड १० लाख रुपैयाँ पुग्ने छ ।

नमस्ते वित्तीय संस्थाको ३ लाख ७५ हजार कित्ता हकप्रद खुला, पुस ८ गतेबाट आवेदन दिन पाइने

काठमाडौं १७, मंसिर । नमस्ते वित्तीय संस्था लिमिटेडले ३ लाख ७५ हजार कित्ता हकप्रद साधारण सेयरको निष्कासन गरेको छ । यो संस्थाले एक सय रुपैयाँ अंकित यो सेयर आगामी पुस ८ गतेबाट माग १३ गतेसम्म आवेदन दिन पाइने गरी हकप्रद सेयर निष्कासन गरेको हो । यो वित्तीय संस्थाले शत प्रतिशत अर्थात एक सेयर बराबर एक नै (१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गरेको हो । यो संस्थाले मंसिर २३ गतेसम्म सेयर खरिद गरेका र २४ गतेबाट सेयरधनी दर्ता किताव बन्द गरिएको दिनसम्मको लागि हकप्रदको निम्ति आवदेन दिन पाउने उल्लेख गरेको छ । दाङको घोराइमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्था बैंक नेपाल राष्ट्र बैंककाट ग वर्गको इजाजतप्राप्त संस्था हो । यसको सेयर आवेदन दिन एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराइबाट हकप्रद सेयरको आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटले लिमिटेड हो ।

चर्नावती खोला जलविद्युत आयोजना प्रभावितका लागि आइपीओ खुल्ला

काठमाडौं, १६ मंसिर । नेपाल हाइड्रो डेभलपर लिमिटेडले चर्नावती खोला जलविद्युत आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गरेको छ । सय रुपैयाँ अंकित सो सेयर दुइ करोड ६० लाख बराबरको हुने छ । कम्पनीले दोलखामा चर्नावती खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो आयोजना ३.५ मेगावाट क्षमताको रहेको छ । दोलखाको भिमेश्वर नगरपालिकाको वडा नम्वर ८, ९ र ११, मागपौवा गाविसको वडा नम्वर ५ र  काटाकुटी गाविस को वडा नम्वर ६ का बासिन्दा सो आयोजना प्रभावित बासिन्दा हुन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नु पर्ने हुन्छ । त्यस्तै काठमडौमा एनएमवी क्यापिटलको कार्यालय र नेपाल हाइड्रो डेभलपर कम्पनीको कार्यालयबाट पनि आवेदन दिन सकिने छ । त्यस्तै सेयर आवेदनका लागि डिम्याट खाता पनि अनिवार्य गरिएको छ । कम्पनीको १९ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत सेयर निष्कासन गरेको हो । त्यस्तै कम्पनीले तीन लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन पनि गर्दे छ । साधारणसेयर जारी पछि कम्पनीको चुक्तापुँजी २६ करोड पुग्ने छ । मंसिर १६ गतेदेखि निष्कासन भएको सेयर छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सकिने छ ।