मंगलबार मात्रै ६९ लाख कित्ता बोनस र १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । मंगलबार मात्रै ६९ लाख ४१ हजार ००९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन १० लाख ५६ हजार ३६९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । मंगलबार चार कम्पनीको बोनस र एक कम्पनीको बोनस गरि जम्मा ५ वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो । एस डेभलपमेन्ट बैंकको २० लाख ३१ हजार कित्ता, शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार कित्ता र सिद्धार्थ इन्स्योरेन्सको १० लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकको १ लाख ६३ हजार कित्ता र मितेरी डेभलपमेन्ट बैंकको ६ लाख ३३ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन मितेरी डेभलपमेन्ट बैंककै १० लाख ५६ हजार कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको हो ।
मंगलबारको नेप्सेमा सामान्य अंकको गिरावट, ४० करोडको सेयर कारोबार
काठमाडौं । दिनभर केही उतारचढाव देखिएको सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजारमा नेप्से परिसूचक ४ अंकले घटेर १२७४ दशमलब ९७ अंकमा अडिएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा करिब १० करोड रुपैयाँ बराबरको गिरावट भएको दखिन्छ । सोमबार ५० करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार जम्मा ४० करोड बराबरको सेयर कारोबार भएको छ । मंगलबार कारोबार भएका होटल र विकास बैंक समूह बाहेक बाकी सबै समूहको परिसूचकहरु ओरालो लागेका छन् । होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ३३ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९३ अंकले ओरालो लागेको छ ।
रिलायबल डेभलपमेन्ट बैंकको ११औँ वार्षिक साधारणसभा आगामी चैत २ गते
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले आगामी चैत २ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको ६५औँ बैंक सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीका अनुसार हाल कम्पनीको नेप्सेबाट हुने सेयर कारोबार रोक्का रहेको छ । ग्लोबल आईएमई बैंक लि. सँग प्राप्ती सम्बन्धि सम्झौताको काराणबाट बैंकको सेयरधनी दर्ता किताब बन्द रहेको बैंकले जनाएको छ । साथै, कम्पनीले अब हुन लागेको साधारण सभाको लागि भिन्दै सेयरधनीहरुको दर्ता किताव बन्द गर्नु नपर्ने बताएको छ । तैपनि यस अघि कारोबार भई दाखिल खारेज हुन बाँकी सेयरहरु फागुन २० गते भित्र दाखिल खारेज गर्न गर्न आग्रह गरेको छ । साथै, सो दिन सम्म दाखिल खारेज भएका सेयरधनीहरुले वार्षिक साधारणसभामा भाग लिन र बोनस सेयरका लागि योग्य हुने बैंकले जनाएको छ ।