गरिमा विकास बैंकले १० बराबर ७ को अनुपातमा हकप्रद निष्कासन गर्ने
काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारणसभाले सेयरधनीको लागि १० बराबर ७ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले गरेको उक्त प्रस्ताव फागुन ६ गते सम्पन्न बैंकको १०औ वार्षिक साधारणसभाले पारित गरेको हो । बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेपछि मात्र सो मात्राको हकप्रद जारी गर्ने बताएको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब २९ करोड ६६ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ३२३ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेप्सेमा ९१ अंकको वृद्धि, साढे दुई अर्ब बढीको कारोबार, बीमा समूह ७७५ अंकले उक्लियो
काठमाडौं । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९१.३५ अंकले उकालो लागेर अन्तिम दिन १३४३ दशमब ८५ आइपुगेकोे छ । सातामा आइतबार र मंगलबार बाहेक अन्य दिन नेप्से परिसूचक उकालो लागेको थियो । साताभर जम्मा दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १५५ कम्पनीको ७९ लाख ७ हजार ७ सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४७ दशमलब ४८ दशमलब ३८ प्रतिशतले बढी हो । रकमका आधारमा गत साताको भन्दा ८४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । गत साता एक अर्ब ७३ करोड ९६ लाख ९१ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७५ दशमलब १३ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, वाणिज्य बैंक, जलविद्युत र विकास बैंकको परिसूचक क्रमशः ९२.८, ९२.०६, ८६.६३ र ७३.५ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २०.७५ अंकले बढेर २९२.५२ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी प्रभु बैंकको १२ करोड ९१ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा लक्ष्मी भ्याल्यु फण्ड १ र कारोबार संख्याको आधारमा पनि प्रभु बैंक नै अग्रस्थानमा रहेको छ ।
सेयर बजारमा उच्च अंकको वृद्धि, १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार करिब ४५ अंकले घटेको नेप्से परिसूचक मंगलबार १२७४ अंकमा अडिएको थियो । त्यसपछिको दुई दिनमै नेप्से परिसूचक करिब ७० अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २७ दशमलब ०५ अंकले उकालो लागेर १३४३ दशमलब ८५ अंकमा पुगेको छ । दुई दिनयताको बजारले अबको सेयर बजारमा सुधार आउने संकेत देखाएको छ, जसले गर्दा लगानीकर्ताको मुहारमा खुसीयाली छाएको छ । त्यस्तै, बिहीबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन बजारमा ६५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब २५ करोड र बुधबारको तुलनामा करिब १३ करोड रुपैयाँ बढी हो । बिहीबार १४५ कम्पनीको २६ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । १४५ कम्पनीको सेयर कारोबार भएको बजारमा १३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, नविल ब्यालेन्स फण्ड १, एभरेष्ट इन्स्योरेन्स कम्पनी र एनबी इन्स्योरेन्स कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिहीबार कारोबार भएका अन्य समूह र उत्पादमूलक समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९० अंकले बढेको छ । त्यस्तै, बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेका छन् । अन्य समूह र उत्पादमूलक समूहको क्रमशः ६.६५ र ६.३५ अंकले घटेका छन् ।