अघि बढ्यो कोटेश्वर–जडीबुटी सडक निर्माण, ८ करोडमा ठेक्का सम्झौता

काठमाडाैं । काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर–जडीबुटी सडक बिस्तार अघि बढेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ । सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो । हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण छ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । सडकका लागि १२ करोड छुट्याइएकामा आठ करोडमा ठेक्का सम्झौता भएको उनले बताए । उनका अनुसार सडकमा तीन लेन थपेर बिस्तार गरिनेछ । उनले भने, “कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दायाँ दुई लेन र बायाँ एक लेन थप गर्न लागिएको छ ।” सो सडकमा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ । उक्त सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । डिभिजनले गत भदौदेखि सडकका दुवैतर्फको निर्माणस्थल खाली गरिरहेको जनाएको छ । देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको प्रमुख नेपालीले बताए । उनले भने, “संरचना हटिसकेपछि निर्माणको काम सरासर अघि बढ्न सक्नेछ ।” सडक निर्माणका क्रममा विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकाले घर धनीसँग कुरा भइरहेको र सहमतिमा ल्याएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भइरहेको छ । सडक निर्माणको केही समयमा भत्काउन नपरोस् भनी सडकमा बिच्छ्याउने संरचना पहिले नै राखिनेछ । यसका लागि विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वयमा संरचना निर्माण भइरहेको छ । सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ । त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने राकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ । सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो । अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘अण्डर पास’ वा ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । यी संरचना बन्न अझै केही वर्ष लाग्नेछ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माणका लागि अध्ययन गरिसकेको छ । रासस

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडाैं । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ । देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औँ वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । देश सङ्घीयतामा भएको परिप्रेक्षमा प्रादेशिक रुपमा महत्वपूर्ण ठूला आन्तरिक विमानस्थलाई प्रदेश सरकार, स्थानीय सरकार तथा सङ्घीय सरकारको संयुक्त साझेदारीमा विकास तथा विस्तार गर्ने नीति लिइएको छ । सोही बमोजिम विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तरराष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्न प्रदेश नं १ सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र सङ्घीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थलको विकास र विस्तार गर्न प्रदेशले ५० प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत आर्थिक साझेदारी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको आन्तरिक हब विमानस्थलका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा छ आन्तरिक वायुयान बढी क्षमताको एप्रोन विस्तार कार्य सम्पन्न गत मङ्सिर १६ गतेबाट सञ्चालनमा आएको छ । उक्त एप्रोन छ वटा ए३२० जहाजलाई ‘पुस ब्याक अपरेशन’ गर्न सकिने गरी निर्माण गरिएको छ । त्यसैगरी उक्त विमानस्थलको मौजुदा एक हजार ५०० मिटरको धावनमार्गको लम्बाई थप २०० मिटर बढाउने कार्य जारी रहेको छ । कैलाश मानसरोवार जाने भारतीय पर्यटकलाई लक्षित गरी उक्त विमानस्थलबाट नयाँदिल्लीमा उडान गर्ने योजना रहे पनि हवाई रुटको टुङ्गो नलाग्दा हाल स्थगन गरिएको छ । भविष्यमा भारतीय शहरबाट क्षेत्रीयस्तरमा हुनसक्ने अन्तरराष्ट्रिय उडानलाई दृष्टिगत गरी उक्त विमानस्थलको चरणबद्ध विकास गर्नु आवश्यक रहेको क्यानले उल्लेख गरेको छ । धनगढी, भरतपुर र चन्द्रगढी विमानस्थलमा धावनमार्ग, ट्याक्सीमार्ग र एप्रोन कालोपत्र गर्ने कार्यसम्पन्न भएको छ । जनकपुर विमानस्थलमा अत्याधुनिक ‘स्टेल स्ट्रक्चर’ प्रविधिबाट निर्मित टर्मिनल टावर भवन निर्माण भई हालै सञ्चालनमा आएको छ । महेन्द्रनगर विमानस्थलमा स्थानीय नगरपालिका तथा प्रदेश सरकारसँग सहकार्य गरी विमानस्थल विस्तार गर्न गुरुयोजना तयार पारिएको छ । क्यानको विवरणमा हाल देशभर ५४ विमानस्थलमध्ये ३२ विमानस्थल सञ्चालनमा छन् । यी विमानस्थलमध्ये ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको छ । अहिले मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छन् । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत र पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगती रहेको छ । रासस

‘ऊर्जा खोला’का रुपमा रुपान्तरण हुँदै बेनीकाे रघुगङ्गा

बेनी । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगङ्गा नदी ‘ऊर्जा खोला’ का रुपमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगङ्गा र यसमा मिसिन आउने अन्य सहायक खोलाह?बाट करीब १५० मेगावाट क्षमताको विद्युत उत्पादन लक्ष्यसहित अहिले पाँच वटा जलविद्युत् आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गरेका छन् भने अरु केही आयोजना अध्ययनको क्रममा समेत रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । “रघुगङ्गामा मात्रै चार आयोजनाले काम थालेका छन्, रघुगङ्गाकै सहायक नदी चिमखोलाको बगरखोलामा समेत विद्युत् निकाल्नका लागि पूर्वाधार निर्माणको शुरुआत गर्ने जानकारी आएको छ, सबै आयोजनाको निर्माण सम्पन्न हुने हो भने रघुगंगा नदी सुरुङबाटै बग्ने निश्चित छ”, उनले भने । चिमखोलाको बगरखोलामा ५.५ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि मोना हाइड्रोवर लिमिटेडले विद्युत् खरीद बिक्री सम्झौताको चरणमा पु¥याएको छ । रघुगङ्गाको सबैभन्दा माथिल्लो भागमासमेत विद्युत् निकाल्नका लागि अध्ययन भइरहेको छ । त्यसदेखि तल रघुगङ्गा–७ र ८ को सीमा क्षेत्रमा पर्ने फेदीबाट कालीगण्डकी नदीमा नमिसिँदासम्मका अधिकांश सम्भाव्य क्षेत्रमा अध्ययनसहित विद्युत् उत्पादनका लागि आयोजनाहरु निर्माण कार्यमा जुटेका छन् । चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन यस नदिनमा २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५.५ मेगावाट क्षमताको राहुघाट मङ्गलेलेसमेत निर्माण कार्य शुरु गरेका छन् भने ४८ मेगावाटको अपर राहुघाट जलविद्युत्कोसमेत ठेक्का लगाएर निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको छ । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा संयुक्त ऊर्जा प्रालीले निर्माण गर्न लागेकोे २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनामा निर्माण पूर्वका कार्यलाई अघि बढाएको छ । आयोजनाको डिजाइन तयार पार्ने काम भइरहेको र आधारभूत पूर्वाधार निर्माणको तयारीमा जुटेको आयोजनाका व्यवस्थापक अनुरोध अधिकारीले जानकारी दिए । “पहुँचमार्ग र आवास गृह निर्माणका कामले तीव्रता पाएको छ, आयोजनाका लागि आवश्यक निजी जग्गाप्राप्तिको कामसमेत भइरहेको छ, आधारभूत तहका पूर्वाधार निर्माण गरी ठेकेदार कम्पनीलाई परिचालन गर्ने तयारी छ”, व्यवस्थापक अधिकारीले भने । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा तीन हजार ३७७ मिटर लामो सु?ङमार्गबाट ल्याइएको पानी छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाले बन्दीघाटसम्म पुगेको सडकको ट्र्याकलाई छरी हुँदै अगाडि बढाइसकेको छ । यस आयोजनामा करीब नौ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने जनाइएको छ । तीन वर्षभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण कार्यमा जुटेको यस आयोजना सम्पन्न गर्न करिब तीन अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनाका आवासीय इञ्जिनीयर पवित्रमान बोहराले जानकारी दिए । विद्युत्गृह, अडिट, आवासलगायतका लागि ३४ रोपनी जग्गाप्राप्ति भइसकेको र बाँकी रहेको जग्गाप्राप्तिको काम अघि बढाइएको छ । यस आयोजनाको आउटलेटबाट निस्कने पानीलाई समेत प्रयोग गरी पुनःजलविद्युत् निकाल्नका लागि अपर ठूलोखोला जलविद्युत्कोसमेत अध्ययन भइरहेको छ । रघुगङ्गा नदीको चिमखोलामा तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शु? गरेको छ । हालै आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बाँधतर्फको पूर्वाधार निर्माणको शुभारम्भ गर्नुभएको यस अयोजना ४० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कूल साढे चार अर्ब लागत अनुमान रहेको आयोजनाको बाँध, पावर हाउस र पेनस्टक पाइप निर्माणको रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माणको साउथ एशियन इन्फ्रास्ट्रक्चरले ठेक्का लिएको छ । सु?ङ ठेकेदार कम्पनीले अडिट रहने घ्याँसीखर्कमा क्याम्प निर्माण गरी अडिट टनेलको तयारी गरेको छ । बाँधतर्फको ठेकेदार कम्पनीले बन्दी क्षेत्रमा क्याम्प र क्रसर उद्योगको पूर्वाधार निर्माण गरिरहेको छ । तुँदी पावर कम्पनीले भने चिमखोलाको सिस्नेरीमा आवासगृह (क्याम्प) निर्माणको तयारी गरेको कम्पनीका आवासीय इन्जिनियर प्रकाश तिमल्सिनाले जानकारी दिए । बन्दीघाटको मुहानदेखि पाँच किलोमिटर लामो सुरुङमार्ग हुँदै ल्याइने पानीलाई चिमखोलाको मलाङस्थित विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । आयोजनाले पूर्व तयारीको काम सकेर निर्माणको चरणमा प्रवेश गरेको छ । ठेकेदार कम्पनीह? समेत कार्यक्षेत्रमा परिचालन भइसकेका छन् । आयोजनाको आउटलेट, इन्लेट र अडिटको दायाँ र बायाँतर्फ दुई ठाउँ गरी चारतर्फबाट सुरुङ निर्माण गरिनेछ । तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरी ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । विद्युत् विकास विभागबाट अनुमति लिइसकेको यस आयोजनामा चिमखोलाको पुछारमा रहने बाँधबाट ल्याइने पानी दग्नामको पुछारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने गरी तयारी भएको इञ्जिनीयर तिमल्सिनाले बताए । उनका अनुसार पाँच किलोमिटर लामो सुरुङमार्ग रहने यस आयोजनाको सुरुङ र विद्युत्गृह निर्माणको ठेक्का हाइ हिमाल हाइड्रोपावर कन्ट्रक्सन प्रालीले लिइसकेको छ । रघुगङ्गा नदीमा यसअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । वडा नं ४ दग्नाम र वडा नं ५ को सीमा क्षेत्र बुग्लमा बाँध रहने यस आयोजनाको वडा नं ३ पिप्लेको तिल्केनी चौरमा विद्युतगृह रहने गरी निर्माण कार्यलाई अघि बढाइएको छ । राहुघाटको करीब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजनामा पिप्ले, अधेरीखोला र तिल्लेकीको अडिटबाट मुख्य सुरुङ खन्ने कार्यले तीव्रता पाएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । करीब पाँच सय मिटर मुख्य सुरुङ खनिसकिएको छ । विसं २०७२ मा पुरानो ठेक्का तोडेपछि रोकिएको राहुघाटको २०७४ मङ्सिर ५ गते छ अर्ब सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी) ले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न शु? गरेको थियो । भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलीयत ब्याजदरको ऋणमा राहुघाट निर्माण हुन लागेको हो । आयोजनाको छ किलोमिटर दुई सय मिटर सु?ङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । आयोजनासँग सामुदायिक विकासका अपेक्षा रघुगङ्गाको विकट क्षेत्रमा जलविद्युत् आयोजनाको निर्माण शुरु भएसँगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भिरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्य गरेको छ । विगतमा सङ्घीय प्रदेश र स्थानीय तहको साझेदारीमा सडक निर्माण शु? गरी अक्करे भिरमा पुगेर रोकिएको कामलाई यस वर्ष रघुगङ्गा गाउँपालिका र तुँदी पावर कम्पनीले सहकार्य गरेका छन् । गाउँपालिकाको ४, ७ र ८ नम्बर वडाको गौरवको योजनाको ? एक करोड ५० लाख बजेटबाट सडक निर्माण भइरहेको सो योजनामा कम्पनीलेसमेत स्थानीय तहकै हाराहारीमा लगानी गर्नेगरी काम गरिरहेको छ । गाउँपालिका र कम्पनीको सहकार्यमा अक्करे भिरमा सडक निर्माणको कामले तीव्रता पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनले गाउँपालिकामा निर्माणाधीन सबै जलविद्युत् आयोजनाले गाउँपालिकासँग आवश्यक समन्वय गर्न नसकेको बताउँदै गाउँपालिकाले त्यसतर्फ ध्यान दिएको बताए । चिमखोलाका युवा मेजन थापाले गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै विकास र रोजगार सिर्जनाको अपेक्षा गरिएको बताए । उनले स्थानीयवासीसँग आयोजनाह?ले आवश्यक समन्वय गर्न नसकेको गुनासो गर्दै आयोजना र स्थानीय तहह?लेसमेत आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।