सोल्टी होटलको सेयर २०० रुपैयाँमा किन्न पाइने, यस्तो छ ४ होटलको सेयरमूल्य र लाभांश
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ वटा होटलहरु सूचीकृत रहेका छन् । जसमा एउटा होटलको सेयर कारोबार रोक्का रहेको छ भने बाँकी ४ वटा होटलहरुको भने सेयर कारोबार भइरहेको छ । नेप्सेमा सोल्टी होटल, ओरियन्टल होटल, तारागाउँ रिजेन्सी होटल, चन्द्रागिरी होटलको सेयर कारोबार भइरहेको छ भने याक एण्ड यति होटल भने कारोबार रोक्का रहेको छ । २०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको सोल्टी होटलको चुक्ता पूँजी ८४ करोड ४२ लाख रुपैयाँ रहेको छ । नेपालको होटल क्षेत्रलाई व्यवसयको रुपमा सुरु गर्ने यस कम्पनीको दोस्रो बजारमा बुधबारको अन्तिम मूल्य २ सय रुपैयाँ रहेको छ । कम्पनीले १० रुपैयाँबाट सेयर कारेबारा सुरु गरेकाे हाे । कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २५२.९ रुपैयाँ र न्युनतम १८६.७ रुपैयाँ रहेको थियो । कम्पनीको ८ करोड ४२ लाख कित्ता सेयर सूचीकृत छन् । कम्पनीमा संस्थापक समूहको ८५ प्रतिशत सेयर र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । पछिल्लो सेयर मूल्य अुनसार कम्पनीको बजार पूँजीकरण १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/२०६८ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६८/२०६९ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०७०/२०७१ मा ५७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले २ वर्षयता भने लाभांश वितरण गरेको छैन । कम्पनीलाई कार्यकारी अध्यक्ष दिनेश बहादुर बिष्टले नेतृत्व गरिरहेका छन् । ओरियन्टल होटल पनि २०६५ साउन ४ गते नेप्सेमा सूचीकृत भएको हो । बुधबारको दोस्रो बजारमा कम्पनीको सेयर मूल्य ४५५ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य १ वर्षकाे अवधिमा अधिकतम प्रतिकित्ता ५६६ रुपैयाँ र न्युनतम प्रतिकित्ता ४१३.१८ रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने १ करोड १२ लाख कित्ता सेयर सूचीकृत छन् । पछिल्लो सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ५ अर्ब १३ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/२०७१ मा १० प्रतिशत, आर्थिक वर्ष २०७१/२०७२ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २४.२१ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले पछिल्लो २ वर्षयता लाभांश वितरण गरेको छैन । तारागाउँ रिजेन्सी होटल वि.स.२०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको थियो । बुधरबाको सेयर मूल्य अनुसार दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता ३३० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४०९.५ रुपैयाँ र न्युनतम प्रतिकित्ता ३०२.१ रुपैयाँ रहेको थियो । कम्पनीमा संस्थापक समूहको ५७ प्रतिशत र सर्वसाधारण समूहको ४३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/२०७४ मा ७.३६ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा १२.६३१ प्रतिशत, आर्थिक वर्ष २०७५/२०७६ मा १२ प्रतिशत र आर्थिक वर्ष २०७६/२०७७ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले गत वर्ष लाभांश वितरण गरेको छैन । चन्द्रागिरी हिल्स वि.स. २०७७ माघ १७ गते नेप्सेमा सूचीकृत भएको कम्पनी हो । नेप्सेमा सूचीकृत होटल समूहको कान्छो कम्पनी हो । कम्पनीको बुधबार दोस्रो बजारमा सेयर मूल्य ९७४ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता १ हजार ७३७ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ९ सय रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । कम्पनीको १ करोड ५३ लाख कित्ता सेयर सूचीकृत छन् भने १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीमा संस्थापक समूहको ८८ प्रतिशत सेयर र सर्वसाधारण समूहको सेयर स्वामित्व १२ प्रतिशत रहेको छ । कम्पनीलाई अध्यक्ष चन्द्र ढकाल र जनरल म्यानेजर सन्जीव थापाले नेतृत्व गरिरहेका छन् । कम्पनीले सेयरधनीहरुलाई यो अवधिमा लाभांश वितरण गरेको छैन ।
मर्जमा गएका कम्पनीलाई सीडी रेसियोमा सहुलियत, सेयर कारोबार रोक्काको जिम्मा सेबोनलाई
काठमाडौं । मर्जर तथा एक्विजिशनमा गएका कम्पनीले दुई वर्षभित्र सीडी रेसियो तोकिएको सीमाभित्र ल्याइसक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले “बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३” को पाँचौं पटक संशोधन गर्दै सो व्यवस्था गरेको हो । बैंकले गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउनु पर्ने व्यवस्था गरेको हो । त्यस्तै, राष्ट्र बैंकले उक्त विनियमावली संशोधन गर्दै गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोवारको रोक्का तथा फुकुवाको सम्पूर्ण जिम्मा नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिएको छ । यता पाँचौं पटक संशोधन गरिएको विनियमावलीमा यसअघिको एउटा व्यवस्था पुरानो हटेको छ । ‘इजाजतपत्रप्राप्त संस्थाहरु गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात् एउटै सफ्टवेयरबाट एकीकृत कारोबार गर्ने व्यवस्था मिलाउनु पर्नेछ । साथै, संयुक्त कारोबार गरेको मितिको एकीकृत वित्तीय विवरणहरू तयार गरी बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य सम्बन्धित निकायहरूलाई जानकारी दिनु पर्नेछ,’ यो व्यवस्था उक्त विनियमावलीबाट हटेको छ ।
लाभांशमा नबिल, ग्लोबल र एनआईसी एशिया : ४० प्रतिशसम्म क्षमता, यस्तो छ इतिहास
काठमाडौं । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि अबको सिजन भनेको लाभांश वितरणको हो । यतिबेला सेयरधनीहरुलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । बैंकिङ्ग क्षेत्रमा हालसम्म २ वटा वाणिज्य बैंक र एउटा पुर्वाधार बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । अन्य कम्पनीका सेयरधनीहरु लाभांशको पर्खाइमा छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गर्ने समय भएकाले सेयरधनीहरु लाभांशको पर्खाइमा रहेका छन् । नेपालको बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएका ३ वटा वाणिज्य बैंकहरुले भने सेयरधनीहरुलाई कति लाभांश देला भनेर सबैले चासोका रुपमा हेरेका छन् । बैंकिङ्ग क्षेत्रमा आफूलाई एक नम्बरको दाबी गर्ने नबिल बैंक, ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई कति लाभांश देला भनेर चासोका रुपमा हेरिएको छ । यी बैंकहरुबीच अन्य सूचकमा प्रतिस्पर्धा बढ्दो भएपनि लाभांशमा भने धेरै अन्तर छ । सेयरधनीहरुलाई लाभांश वितरणका हिसावले नबिल बैंक अब्बल रहेको छ । यसपटक पनि बैंकले सेयरधनीलाई राम्रो लाभांश वितरण गर्ने क्षमता राखेको छ । यस्तै, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले पनि सेयरधनीहरुलाई राम्रो प्रतिफल दिइरहेका छन् । नबिल बैंकको लाभांश इतिहास नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/२०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन । यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीहरलाई झण्डै ४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा ३९.९४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । ग्लोबल आइएमई बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०६९/२०७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७१/२०७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा १६ प्रतिशत र आर्थिक वर्ष २०७२/२०७३ मा १६ प्रतिशत बोनस वितरण गरेको थियो । यी वर्ष बैंकले नगद लाभांश वितरण गरेको थिएन । बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७०/२०७१ मा बैंकले सेयरधनीहरूलाई २१ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/२०७४ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/२०७६ मा बैंकले सेयरधनीहरूलाई १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी कूल २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/२०७७ मा बैंकले सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/२०७८ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको गत वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै साढे १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १३.४५ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । एनआईसी एशिया बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०६६/२०६७ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०६७/२०६८ मा २० प्रतिशत, २०६८/२०६९ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०६१/२०६२ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६२/२०६३ मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३९ प्रतिशत बोनस सेयर र २.०५ प्रतिशत नगद गरी कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद गरी कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । राष्ट्र बैंकले एनआईसी एशिया बैंकको आर्थिक वर्ष २०७७/२०७८ को लाभांश भने रद्द गरेको थियो । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको थियो । बैंकले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको गत वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै साढे १९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १९.४३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ ।