शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड
काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का २ खर्ब ११ अर्ब बजेट विनियोजन गरिएको हो । त्यस्तै, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का यस्ताे बजेट विनियोजन गरेका हुन् ।
डिलक्ससहितका पाँचतारे होटलको संख्या २१४, २९ क्यासिनो सञ्चालनमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा देशभर डिलक्ससहितका पाँचतारे होटलको २१४ पुगेको छ । आर्थिक सर्वेक्षण २०८१ अनुसार फागुनसम्ममा उक्त संख्यामा डिलक्ससहितका पाँचतारे होटल रहेको पाइएको हो । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार ३६४ पुगेको छ । २०८० फागुनसम्ममा सो संख्या १ हजार २३४ रहेको थियो । आर्थिक सर्वेक्षणअनुसार रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म २० हजार ३ सय ४३ पुगेको छ । यस्ता होटलबाहेक पर्यटक स्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म पाँच हजार २ थप भई ४२ हजार २ सय ९९ पुगेको छ । २०८१ फागुनसम्म क्यासिनो ९ र आधुनिक मेशिन वा उपकरणको माध्यमवाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा रहेका छन् । २०८१ असारसम्म यस्तो सङ्ख्या २६ रहेको थियो । फागुनसम्म ट्राभल एजेन्सी ४ हजार ९६३, ट्रेकिङ एजेन्सी ३ हजार २५२ र रÞ्याफ्टिङ एजेन्सी ९७ दर्ता भएका छन् । त्यसैगरी, यस अवधिसम्म पर्यटक यातायात सेवा १५५, टुर गाईड ५.२६९, ट्रेकिङ्ग गाईड २७ हजार १ सय २८ र रिभर गाईड ४२५ दर्ता भएका छन् ।
विदेशमा पनि लगानी गर्ने बाटो खुल्यो, ५० प्रतिशत आम्दानी नेपालमा ल्याउनुपर्ने
काठमाडौं । सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा पनि व्यवसाय गर्न पाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले वार्षिक आम्दानीको ५० प्रतिशत नेपालमा ल्याउनुपर्ने प्रावधान रहेको सुनाए ।