पाँच वर्षमा पुनर्बीमा कम्पनीको लगानी १५० प्रतिशतले वृद्धि, कुन क्षेत्रमा कति ?

काठमाडौं । पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमकहरूको लगानी वार्षिक रूपमा बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहको दुई पुनर्बीमा कम्पनीको पाँच आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गर्ने लगानी १५० प्रतिशतले वृद्धि भएको देखिन्छ । प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरूले आव २०७६/७७ मा १५ अर्ब ४२ करोड ४० लाख लगानी गरेकोमा २०८०/८१ मा आइपुग्दा ३८ अर्ब ५६ करोड ४८ लाख लगानी गरेको हो । कम्पनीहरूले आव २०७७/७८ मा २४ अर्ब ४ करोड ३६ लाख लगानी गरेका थिए । जुन आव २०७६/७७ को तुलनामा ५५.८८ प्रतिशतले वृद्धि हो । उक्त आवमा हिमालयन इन्स्यारेन्स कम्पनीले लगानी सुरु गरेको हुँदा लगानीमा ठूलो वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ । रु करोडमा ।   आव २०७८/७९ मा कम्पनीहरुको लगानी ११.७८ प्रतिशतले बढेर २६ अर्ब ८७ करोड ५० लाख भएको छ । आव २०७९/८० मा आइपुग्दा ११.७५ प्रतिशतले वृद्धि भएर ३० अर्ब ३ करोड २७ लाख लगानी भएको छ ।   कुन क्षेत्रमा कति लगानी ? जीवन बीमा, निर्जीवन बीमा कम्पनीहरूले जस्तै पुनर्बीमा कम्पनीहरूले पनि सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गरेको देखिन्छ ।प्राधिकरणको तथ्यांकअनुसार आव २०८०/८१ मा दुई पुनर्बीमा कम्पनीले वाणिज्य बैंकको निक्षेपमा कुल लगानीको ७५.५५ प्रतिशत लगानी गरेको छ । उक्त आवमा दुई पुनर्बीमा कम्पनीले वाणिज्य बैंकको निक्षेपमा २९ अर्ब १३ करोड लगानी गरेको छ । कम्पनीहरूले आव आव २०८०/८१ मा २९ अर्ब १३ करोड लगानी गरेका छन् । जसमा नेपाल पुनर्बीमा कम्पनीले १५ अर्ब ५४ करोड, हिमालयन रिइन्स्योरेन्स कम्पनीले १३ अर्ब ५९ करोड लगानी गरेको छ । विकास बैंकमा पुनर्बीमा कम्पनीहरूले बढीमा २ अर्ब एक करोड लगानी गरेका छन् । जुन कुल लगानीको ५.२३ प्रतिशत लगानी हो । आव २०८०/८१ मा नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ८६ करोड र हिमालयन रिइन्स्योरेन्सले १५ करोड लगानी गरेको छ । त्यस्तै, ‘ग’ वर्गको बैंकमा पुनर्बीमा कम्पनीको लगानी १० करोड रुपैयाँ छ । यस क्षेत्रमा नेपाल पुर्नबीमा कम्पनीको मात्रै लगानी देखिन्छ । उक्त कम्पनीले १० करोड लगानी गरेको हो । सरकारी बचत तथा ऋणपत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ । जसमा नेपाल पुर्नबीमा कम्पनीले लगानी रहेको छ । हिमालयन रिइन्स्योरेन्सले भने यस क्षेत्रमा लगानी गरेको छैन । यसबाहेक सूचीकृत पब्लिक कम्पनीको सेयरमा कम्पनीहरूले १ अर्ब १७ करोड लगानी गरेका छन् । जसमध्ये हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ८ करोड र नेपाल पुर्नबीमा कम्पनीले ९ करोड रुपैयाँ लगानी गरेको छ । घरजग्गामा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था भए पनि पुर्नबीमा कम्पनीले आव २०८०/८१ मा लगानी गरेको देखिँदैन । त्यस्तै, पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि कम्पनीले लगानी गरेको देखिँदैन । पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमकहरूको लगानी (करोडमा)

बिमा प्राधिकरणको नवनियुक्त सञ्चालक राधा पोखरेलले लिइन् सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी रहेको बताएका थिए ।

नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित ३ जना सञ्चालकले गरे पदबहाली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् । सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन भएका हुन् । सभाले उनीहरूलाई इन्स्योरेन्सको सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा चयन गरेको हो । साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत २ गते बसेको कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको कम्पनीले जानकारी दिएको छ ।