रिलायबल नेपाल लाइफको नाफा २९.६५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १ अर्ब २० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क २५.३० प्रतिशतले बढेको छ । त्यस्तै, तीन महिनाको अवधिमा कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क २७.४८ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा २५ करोड ५६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ थियो ।  त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ८८ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३२.१५ प्रतिशतले बढेको छ । कुल सेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.९० रुपैयाँ कायम भएको छ । कम्पनीको पीई रेसियो २१.९१ गुणा र प्रतिसेयर नेटवर्थ १५४.२९ रुपैयाँ रहेको छ । 

पहिलो त्रैमासमा सानिमा रिलायन्सको नाफा १४ करोड ९६ लाख, जीवन बीमा कोषमा २० अर्ब ८७ करोड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३४.१२ प्रतिशतले बढेको छ । त्यस्तै पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ थियो ।  यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३४ करोड २६ लाख रुपैयाँ थियो ।  कम्पनीको अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ८ करोड ९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आवको यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ।  यो अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.५२ प्रतिशतले बढेको छ ।  कुल ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४९.१२ गुणा, प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयनन् रहेको छ । 

मेटलाइफको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड बीमाशुल्क आर्जन, नाफा ९ करोड ७० लाख

काठमाडौं । मेटलाइफ नेपालले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ ।  सार्वजनिक रिपोर्टअनुसार कम्पनीले यस अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आवको सोही त्रैमासिकको तुलनामा मेटलाइफको व्यवसायमा सुधार देखिएको छ । यस त्रैमासमा कुल बीमाशुल्कमा १५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै प्रथम तथा एकल बीमाशुल्क १७ प्रतिशतले बढेको छ भने नवीकरण बीमाशुल्क पनि १५ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशत वृद्धि हो । मेटलाइफको जीवन बीमा कोष ३०.६० अर्ब रुपैयाँमा पुगेको छ भने पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७० लाख नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको जगेडा तथा कोष ४.४६ अर्ब  रूपैयाँ रहेको छ ।