नेपाल इन्स्योरेन्सले फुटसल प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले फुटसल प्रतियोगिता पुनः आयोजना गर्ने भएको छ । कम्पनीले असोज ३ र ४ गते गर्ने भनिएको प्रतियोगिता देशमा उत्पन्न परिस्थितिका कारण स्थगित गरिएको थियो । अब उक्त प्रतियोगिता मसिंर १९ र २० गते सामाखुसी फुटसल मैदानमा हुने भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित सम्पूर्ण जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरू सहभागी हुन सक्नेछन् । यसअघि दर्ता भएका कम्पनी वा टिमहरूले पुनः दर्ता गरिरहन आवश्यक छैन भने नयाँ टिमहरू पनि दर्ता गर्न सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकले प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जन मात्र नभई बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच समन्वय, सद्भाव, आत्मविश्वास र स्वास्थ्य चेतना विकास गर्नु रहेको जनाएको छ ।
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै स्टार एजेन्सी मिट सुदूरपश्चिम प्रदेश र नेपालगञ्जमा सम्पन्न गरेको छ। सुदूर श्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरूमध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो । सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए । साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए। नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सीईओ पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिए ।
आइएमई लाइफ इन्स्योरेन्सको नाफा १५ करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले असोजसम्ममा १५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ९.१७ प्रतिशतले बढेको छ । कम्पनीका महाविपत्ति कोषमा २७ करोड ८६ लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही समयमा कम्पनीको महाविपत्ति कोषमा २६ करोड २८ लाख रुपैयाँ थियो । पहिलो त्रैमाससम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ८६ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा रिटेन्ड अर्निङ ७२ करोड १७ लाख रपैयाँ थियो । त्यस्तै, कम्पनीको अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्युटीमा २३ करोड २ लाख रुपैयाँ थियो । तेस्रो त्रैमासमा कम्पनीले कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३०.९९ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीले असोजसम्ममा १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१.९६ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोषमा १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४०.८२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको कुल सम्पत्ति २२ अर्ब १६ करोड २१ लाख ८६ हजार रुपैयाँ र सेयर पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.६७ रुपैयाँ, पीई रेसियो ३३.५६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ ।