ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षक सुविधा

काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ । उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग ईन गरेर प्राप्त गर्नुकाे साथै कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको नोटिफिकेसन अलर्ट समेत पाउन सकिन्छ । यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गर्न सक्नेछन् । एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको छ । ज्योति लाईफले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ । कम्पनीकाे अनुसार यस एप्स भित्र क्यालेण्डर तथा विश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन/सेयर गर्न सक्नेछन् जस कारण सेवाग्राहिहरुले एक प्रकारले भन्ने हो भने यसलाई “मोबाईल इन्स्योरेन्स सेवा”को रुपमा पनि लिन सक्नेछन् । उक्त एप्सबाट ज्योति लाईफले सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्त गर्न सकिने छ ।

बैंक, बीमा लगायत २५ वटा अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने, गरे कारवाही हुने

काठमाडौं । अब विभिन्न २५ वटाअत्यावश्यक  क्षेत्रमा हड्ताल गर्न नपाइने भएकाे छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बैंक, बीमा, अस्पताल, होटल, विमानस्थ, इन्टरनेट सेवा प्रदायक संस्थालगायतका क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो । हड्ताल भएको अवस्थामा कारबाहीको हुने बताइएकाे छ । गृह मन्त्रालयले जेठ १७ गते राजपत्रमा सूचना प्रकाशन गर्दै ह्याण्ड सेनिटाइजर, मास्क देखि इन्टरनेट सेवालाइ अत्यावश्यक सेवामा समावेश गरेकाे छ । राजपत्रमा सूचना प्रकाशन भएका २५ वटा सेवालाई सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको छ । सूचीमा टेलिफोन तथा सञ्चार सेवालाई पनि अत्यावश्यक सेवाको रुपमा राखिएको छ । यसबाहेक खानेपानी, पर्यटन, पेट्रोलियम, बैंकिङ, विद्युत, बीमा, स्वास्थ्य केन्द्र तथा अस्पताल, औषधीजस्ता दैनिक जीवनका अत्यावश्यक वस्तु यो सूचीमा समावेश छन् । यस्तै, औषधि निर्माण तथा बिक्री वितरण, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निमार्ण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ सेवा, बीमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धि सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, भेटिरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभाग र इन्टरनेट सेवा लगायतका सेवाहरु रहेका छन् ।

शिखर इन्स्योरेन्सकाे बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडाैं । शिखर इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि  बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हाे । साे सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरुमा जारी गर्दैछ । निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो ।