सुदूरपश्चिममा बालिका बीमा प्रवर्द्धन गर्न १ करोड ५० लाख विनियोजन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बालिका बीमा प्रवर्द्दन गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालिका बीमार र बैंक खाता सञ्चालन गर्ने बताएका हुन् ।

सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । समितिले स्वीकृति दिएसँगै जेठ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्ने छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सो अवधिको लागि करारमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । सम्बन्धित समाचार पवनकुमार खड्का सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने

रिलायन्स लाइफकाे व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएकाे हाे । कम्पनीले कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्ताे निर्णय गरेकाे जनाएकाे छ ।