सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८९४ प्रतिशत लाभांश पारित भएको छ । जेठ २८ गते सम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता १ अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे । आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आर्थिक वर्षको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरि सकेको कम्पनीले जानकारी गराएको छ । उक्त बीमा शुल्क संकलन गत आर्थिक वर्षको सोहिको तुलनामा १६.०७ बढी रहेको छ । कम्पनीको वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट सम्पन्न भएको हो ।

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएका छन् । संस्थाले साउन १ गतेदेखि लागू हुने गरी आरबिबि मर्चेन्टलाई एक वर्षको लागि सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । उक्त निर्णय बैशाख १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडाैंकाे टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने

काठमाडाैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएकाे छ । कम्पनीले हालकाे अवस्थालाई मध्यनजर गर्दै जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेकाे हाे । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ रहेका थिए । र, बीमितहरुको यहि समस्यालाई मध्यनजर गर्दै साे छुट दिएकाे हाे । यससँगै २०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिमकाे बिलम्व शुल्क छुट दिने कम्पनीले जानकारी गराएकाे छ । बीमालेख व्यतित अवधि बिलम्व शुल्कमा हुने छुट ३ महिनासम्म १००% ३ महिना माथि – ६ महिना सम्म ७५% ६ महिनाभन्दा माथि ५०%