पत्रकारका लागि ७ लाखसम्मको दुघर्टना बीमा
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले श्रमजिवी पत्रकारका लागि ७ लाखसम्मको दुघर्टना बीमा उपलब्ध गराउने भएको छ । सो रकमको ५० प्रतिशत सरकारले दिने उनले बताए । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । सूचना विभागले वितरण गरेको पत्रकार परिचयपत्रकाे आधारमा देशभरका सरकारी अस्पतालले निःशुल्क उपचार गर्नु पर्ने उनले बताए ।
सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १३५० रुपैयाँमा भएको थियो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता ८३१ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ७९१ रुपैयाँ कायम भएको छ । यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।
सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्कालाई नियुक्त गरिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजेसम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उनलाई आगामी ४ वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिको लागि नियमनकारी निकाय बीमा समितिमा पठाउने बैठकले निर्णय गरेको छ । हाल खड्काले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेको छन् ।