प्रभु बैंकको नयाँ शाखा सिन्धुलीमा

काठमाडौं, ८ भदौ । प्रभु बैंकले बुधबारदेखि नयाँ शाखा सिन्धुलीमा सञ्चालन गरेको छ । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले एक समारोहकाबीच गरेका हुन् ।

कार्गोबाट डलर ल्याउँदै चार बाणिज्य बैंक, डलर अभाव छिट्टै हटाउँने तयारी

काठमाडौं ८, भदौ । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन्। आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेको छन। नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले विदेशी डलर ल्याउने गृहकार्य अघि बढाएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुगानाले जानकारी दिए । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको सख्या बढ्न थालोको समाचार सार्वजनिक भएपनि आम सर्वसाधारणको सहणताका लागि पनि बाणिज्य बैंकले यो कदम चालेको उल्लेख छ । आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् । यसको भोलीपल्टै मंगलरबार डलर ल्याउन लागिएको उल्लेख छ । आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको सिटिजन्स बैंक इन्छरेनशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंघ भण्डारीले बताए । उनका अनुसार उपभोक्ताले अब डलर नगदमा होइन कार्ड प्रयोग गरेर लिनुपर्छ । विदेशी नागरिक तथा पर्यटकले डलरको कारोबार गर्न कार्ड नै प्रयोग गर्छन् । नेपाली उभोक्ता भने नगदै बोक्न रुचाउने भएकोले पनि बजारमा खोज्न जाँदा भनेकै समयमा नगद नपाइएको बैंकरको भनाइ छ । डलरको नगद कारोबारले कालोधनलाई सेतो बनाउन प्रयोग हुने तथा आतंकबादलाई प्रोत्सहन दिने भएकोले पनि नगद भन्दा कार्डनै प्रयोग गर्नुपर्ने सुझाव राष्टबैंकले थियो।  

प्रभु बैंक र केइसी कलेजबीच सम्झौता, बैंकले प्रमाणपत्रको धितोमा तीन लाख ऋण दिने

काठमाडौं, ७ भदौ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ्ग कलेज (केइसी)मा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले कर्जा दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम काठमाडौं ईञ्जिनियरिङ्ग कलेजमा इञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम् तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपयोग गर्न पाउने बैंकले जनाएको छ । बैंकका अनुसार यो स्कीम अन्तर्गत कर्जा लिन विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्र बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार चार वर्ष भित्र भुक्तानी गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पनि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको हो ।