एभरेष्ट बैंक र दक्षिण कोरियाकाे फिन सर्टबीच रेमिट्यान्स सम्झौंता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईनकर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ । उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सजिलो हुने छ । क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ । कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंकको मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।
९ प्रतिशत ब्याज तिर्नुस्, आफ्नै गाडी चढ्नुस्
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा प्रोडक्टको शुरु गरेको छ । गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने बैंकले जनाएको छ । कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने छ । बढिमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०७५ कार्तिक मसान्तसम्म मात्र लागु हुने छ । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने बैंकले जनाएको छ । यो कर्जा बैंकका जुनसुकै शाखाबाट लिन सकिने छ ।
सिद्धार्थ बैंकका ग्राहकले सुमेरु सिटी अस्पतालमा १२ प्रतिशत छुट पाउने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने भएका छन् । बुधबार दुई संस्थाबीच सो मात्राको छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा उक्त छुट पाउने छन् । उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरेका छन् । यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा यूएनओ क्रेडिट कार्डवाहकहरुले विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् ।