९ प्रतिशत ब्याज तिर्नुस्, आफ्नै गाडी चढ्नुस्

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा प्रोडक्टको शुरु गरेको छ । गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने बैंकले जनाएको छ । कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयाँ गाडी कर्जा प्रोडक्टको शुरु गरेको छ । गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने बैंकले जनाएको छ ।

कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने छ । बढिमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०७५ कार्तिक मसान्तसम्म मात्र लागु हुने छ ।

निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने बैंकले जनाएको छ । यो कर्जा बैंकका जुनसुकै शाखाबाट लिन सकिने छ ।

Share News