माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबीच सम्झौता, यूएईबाट रेमिट्यान्स सेवा सहज

काठमाडौं । माछापुच्छ्रे बैंक र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । विदेशबाट नेपालमा आउने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउनको उद्देश्यका साथ सम्पन्न यस सहकार्यले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन र प्राप्त गर्न थप सुविधा प्रदान गर्नेछ । सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । यस सम्झौताको प्रभावले अब यूएईमा रहेका नेपालीहरुले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रकम पठाएपछि, नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्नेछन् । साथै, जोयालुक्कास एक्सचेन्जबाट पठाइएको रकम अब नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि माछापुच्छ्रे बैंकले मिलाएको छ । यस सम्झौताको माध्यमबाट यूएई–नेपाल रेमिट्यान्स सेवा अझ द्रुत, भरपर्दो र पहुँचयोग्य हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक–म्यानुअल थेरापीमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा छुट प्राप्त गर्ने भएका छन् । स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यसहित बैंक र थेरापी सेन्टरबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरूले बालुवाटार, त्रिपुरेश्वर तथा बुटवलस्थित थेरापी सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा उपयोग गर्नका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता मिल्नुका साथै मुलुकभर डिजिटल भुक्तानी सेवाको प्रयोग बढाउन र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका र क्याफियोफिलिया कफीमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अब अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट प्राप्त गर्ने भएका छन् । बैंकले कफी पारखीहरूलाई लक्षित गरेर छुट सुविधा उपलब्ध गराउने उद्देश्यले भैंसेपाटीस्थित अरेबिका कफी र क्याफियोफिलिया कफीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधेराधे भक्तपुर, यूएन पार्क ललितपुर, मीनभवन, कालीमाटी, बुढानिलकण्ठ तथा भैंसेपाटी शाखाबाट कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत छुट पाउनेछन् । यस्तै, क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरीबाहेकका सेवामा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस सहकार्यबाट डिजिटल कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखेको छ । बैंकले हालै मात्र आफ्ना क्रेडिट कार्डवाहकका लागि आकर्षक सुविधा थप गर्दै विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने व्यवस्था सुरु गरेको थियो । यस योजनामा ग्राहकले खरिद गरेको टुर प्याकेजको लागत अनुसार ६ देखि १२ महिनासम्म मासिक किस्तामा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ । बैंकले आगामी दिनमा पनि यस्ता सहकार्य तथा सुविधामार्फत ग्राहक अनुभवलाई अझ सहज र लाभदायक बनाउँदै लैजाने जनाएको छ ।