ब्याजदर वृद्धिसँगै उद्योग वाणिज्य संघ चितवनको ध्यानाकर्षण
काठमाडौं । बैंक तथा बित्तीय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग वाणिज्य संघ चितवनले गम्भीर ध्यानाकर्षण रहेकाे जनाएको छ। संघले प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तीय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप लगाएको हो । चर्को ब्याजदर वृद्धिका कारण निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत वृद्धि भएको र नयाँ परियोजना ल्याउन नसकिने स्थिति सृजना भएको छ । ” अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा व्याजदर बढाउदा बिगत र वर्तमानको लगानीलाइ प्रतक्ष्य प्रभाव पार्ने संघको ठहर छ । उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमतामा ह्रास भएर लगानीलाई निरुत्साहित गर्ने संघको टिप्पणी छ । बढ्दो व्याजदरलाइ नियन्त्रण गर्न संघले सरकार, अर्थ मन्त्रालय लगाएत अन्य सरकारी निकाय समक्ष माग समेत गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटीबीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता
कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महा प्रबन्धक विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुटका दिने जनाएको छ ।
एनसीसी बैंकको कमालः नाफा १३७ प्रतिशतले बढेर ६४ करोड
काठमाडौं । एनसीसी बैंकले १३७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७४ पुसमा २७ करोेड नाफा आर्जन गरेको बैंकले २०७५ पुसमा ६४ करोड नाफा कमाएको हो । जुन अघिल्लो पुसको भन्दा ३७ करोड अर्थात १३७ प्रतिशतले बढी हुन आउँछ । २०७४ पुसमा जम्मा ६७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको देखिन्छ । बैंकले पछिल्लो ३ महिनामा ६२ अर्बको निक्षेपलाई ६४ अर्ब पुर्याएको छ भने ५६ अर्बको कर्जा लगानीलाई ५८ अर्ब बनाएको छ । बैंकको सिडी रेसियो ७८.२१ प्रतिशत रहेको छ । चुक्ता पुँजी ७ अर्ब १ करोड रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैंयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.८७ प्रतिशत रहँदा प्रति सेयर आम्दानी २१.१२ रुपैँया कायम भएको छ । ३.५३ प्रतिशत खराब कर्जा रहँदा कष्ट अफ फण्ड ७.९५ प्रतिशत रहेको छ ।