जनता बैंकको नाफा ९६ प्रतिशतले वृद्धि

काठमाडौं । जनता बैंकको नाफा ९६.२९ प्रतिशतले बढेको छ । २०७४ पुस मसान्तमा २७ करोड नाफा कमाएको जनताले २०७५ पुस मसान्तमा २६ करोडले बढाएर ५३ करोड पुर्याएको हो । बैंकले १ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको छ । जनता बैंकले पछिल्लो ३ महिनामा ६ अर्ब निक्षेप वृद्धि गरेको छ । असोज मसान्तमा ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा ६८ अर्ब पुर्याएको हो । असोज मसान्तमा ५८ अर्ब रहेको कर्जा लगानी पनि पुसमा बढाएर ६३ अर्ब पुर्याएको छ । जनताको सिसिडी रेसियो ७८.९८ प्रतिशत रहेको छ । ८ अर्ब चुक्ता पुँजी रहेको जनता बैंकको जगेडा कोषमा ३ अर्ब रुपैंयाँ रहेको छ । जनताको कस्ट अफ फण्ड ७.८० प्रतिशत छ भने आधार ब्याज दर ११.०४ प्रतिशत छ । १.५३ प्रतिशत खराब कर्जा रहेको बैंकको स्प्रेड दर ४.५१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १५.८७ रुपैंयाँ रहेको छ ।

नविलको एक नम्बर खोसियो, २ अर्ब १७ करोड नाफा कमाउँदै राष्ट्रिय बाणिज्य बैंक बन्यो पहिलो

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब १७ करोड नाफा कमाएको छ । पुर्ण सरकारी स्वामित्वको बाणिज्य बैंकले २०७५ पुस मसान्तसम्म सबै भन्दा धेरै कमाउने बैंकका रुपमा नविल बैंकलाई उछिनेको छ । नविल बैंकले २ अर्ब ४ करोड नाफा कमाएको थियो । बाणिज्य बैंकले निक्षेप। कर्जा लगानीमा पनि नविललाई उछिनेको छ । बाणिज्यले १ अर्ब ८१ करोड निक्षेप संकलन गरेर १३४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिसिडी रेसियो पनि ६९.२४ प्रतिशत मात्रै रहेको छ । बैंकले ४ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकले असोज मसान्तपछि मात्रै १३ अर्ब निक्षेप वृद्धि गरेको देखिन्छ । बैंकको कस्ट अफ फण्ड ३.०१ प्रतिशत छ भने खराब कर्जा ३.४० प्रतिशत छ । आधार ब्याजदर ५.६० प्रतिशत रहँदा प्रति सेयर आम्दानी ५३.५३ रुपैंयाँ रहेको छ ।

मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । २०७५ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैँया पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ जुन ६२ प्रतिशतको वृद्धि हो । मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।