स्ट्यान्डर्ड चार्टर्डको नाफा १ अर्ब नजिक, निक्षेपभन्दा कर्जा वृद्धिले सीसीडीमा चाप

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा करिब १ अर्ब स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४ प्रतिशत मात्र नाफा वृद्धि गरी स्वतन्त्र नाफा ९९ करोड ८१ लाख कायम गरेको हो । नियामकीय समायोजनमा १४ करोड छुट्याएको बैंकको खुद नाफा भने १ अर्ब १२ करोड कायम भएको छ । यो अघिल्लो वर्षको सोही समयको तुलनामा ८ प्रतिशतले बढी हो । यो नाफा अनुसार बैंकको प्रतिशेयर आम्दानी २८.५९ रुपैंया हो । बैंकले अघिल्लो त्रैमासको तुलनामा निक्षेप र कर्जामा क्रमशः करिब ५० करोड र ३ अर्ब १५ करोडको बढोत्तरी गर्दा रिजर्भको आकार भने करिब २५ करोडले बढाएको छ । निक्षेप संकलन भन्दा कर्जा लगानीको दर बढ्दा बैंकको सीसीडी अनुपातमा चाप देखिएको छ । अघिल्लो त्रैमासमा ६८.१२ प्रतिशत रहेको उक्त रेसियो अहिले ७५.८१ प्रतिशत पुगेको छ । बैंकको आधार ब्याजदर भने अघिल्लो त्रैमासभन्दा कम छ, यसले बैंकको ऋणको ब्याजदर अघिल्लो त्रैमासभन्दा कम हुने देखिएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात २२.०३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.२० प्रतिशत, कस्ट अफ फण्ड आधार ब्याजदर ७.५५ प्रतिशत छ ।

सांग्रिला डेभलपमेन्ट बैंक र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र ब्लुक्रस हस्पिटलबीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिनेछ ।

एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरलीप्रसाद लम्साल नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको ८२औँ संचालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । सीईओ पदमा नियुक्त भएसँगै नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अब लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने करार सम्झौता गरेको छन् ।