उत्कृष्ट म्यानेजर अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई
काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । प्रधानमन्त्री केपी. शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारण सभामा पोखरेललाई सम्मान गरेका हुन् । सम्मानपछि संक्षिप्त मन्तब्य दिँदै पोखरेलले आफुलाई प्राप्त भएको सम्मानले समस्त युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताउँदै सामाजिक र देश विकासको कार्यमा आफु र आफ्नो पुस्तालाई थप उत्प्रेरणा प्रदान गरेको जानकारी दिए। नेपाल रेमिटर्स एसोसिएसन (एनआरए) का अध्यक्ष समेत रहेका पोखरेल विगत आठ वर्षदेखि आइएमईको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका सबै क्षेत्रलाई समेट्ने गरी १ सय ९२ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।
लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सो सम्झौता अनुसार सहकारी बैंकका देशभर रहेका सहकारी संस्था, सदस्यहरु तथा बैंकका शाखाहरुलाई लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा सेवा उपलव्ध गराउनेछ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
आइएमई र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतापत्रमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकास्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ । आइएमई लाइफ इन्स्योरेन्सको हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यूनआय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा बिस्तार गर्ने रहेको बीमा कम्पनीले जानकारी दिएको छ ।