कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको हो । सम्झौतापत्रमा कामना सेवाविकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका हुन् । बैंकका सबै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्तहुने बैंकले जनाएको छ । मुलुकभर फैलिएको ६३ वटै शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याङ्किङ, मोबाइल व्याङ्किङ्, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

सेञ्चुरी बैंकको नाफा ४४ करोड, अरु सूचक कस्ता ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ६ महिनामा ४४ करोड नाफा गरेको छ । २०७५ पुस मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्षको सोही अवधीको तुलनामा १२ करोड नाफा वृद्धि गरेको हो । २०७४ पुसमा बैंकको नाफा ३२ करोड थियो । सेञ्चुरीले ६४ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गर्दा सिसिडी रेसियो ७८.६४ प्रतिशत कायम गरेको छ । सेञ्चुरीले पछिल्लो ३ महिनामा २ अर्ब निक्षेप बढाएर १ अर्ब कर्जा लगानी वृद्धि गरेको छ । असोजमा बैंकको निक्षेप ६२ अर्ब थियो भने कर्जा ५७ अर्ब थियो । पुस मसान्तमा बैंकको निक्षेप ६४ अर्ब र कर्जा लगानी ५८ अर्ब पुगेको हो । सेञ्चुरीले १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ । ८ अर्ब ६ करोड चुक्ता पुँजी भएको सेञ्चुरीको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैंयाँ रहेको छ । सेञ्चुरीको खराब कर्जा ०.८४ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.८९ प्रतिशत र आधार ब्याज दर ११.५० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १२.८५ रुपैंयाँ रहेको छ ।

सहुलियत कर्जा कार्यान्वयनमा ९ बैंकको अटेरी, राष्ट्र बैंक भन्छः अब छोड्दैनौं

काठमाडौं । सरकारले ल्याएको सहुलियत पुर्ण कर्जा सम्बन्धी व्यवस्था कार्यान्वयनमा ९ वटा बाणिज्य बैंकहरुले अटेरी गरेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको समय अवधीसम्म ९ वटा बाणिज्य बैंकहरुले सहुलियत कर्जा कार्यान्वयन सम्बन्धी कुनै पनि प्रक्रिया बढाएका छैनन् । यसरी सरकारको महत्वपूर्ण योजना कार्यान्वयनमा अटेरी गर्ने बैंकहरुमा अधिकांश विदेशी लगानीका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार हालसम्म एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक र माछापुच्छ्रे बैंकले नटेरेका हुन् । यी बैंकहरुले हालसम्म कर्जा सुरक्षण निगमसँग कर्जा सुरक्षण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत गरेका छैनन् । (सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि हेर्न यसमा थिच्नुहाेस्) २८ वटा बाणिज्य बैंकमध्ये ९ वटा बैंकले कार्यविधि कार्यान्वयनमा आएको ४ महिना पुग्दा समेत अटेर गरेपछि राष्ट्र बैंकले परिपत्र नै जारी गरेको छ । केन्द्रिय बैंकले परिपत्र गरेरै बाणिज्य बैंकहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ अनुसार प्रवाह गरेको कर्जाको विवरण एक हप्ताभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एकिकृत कार्यबिधि अनुसार प्रडक्ट, पेपर तयार नपार्ने, कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता नगर्ने र सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा अटेरी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गर्ने स्पष्ट पारेको छ । ‘९ वटा बाणिज्य बैंकहरुले पहिलो चरणको ब्याज अनुदान लिने समय आईसक्दा पनि कार्यान्वयनको कुनै तयारी नगरेको देखियो, यस्तो लापरवाही गर्नेलाई अब छाड्दैनौं’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले विकासन्युजसँग भने । कार्यविधि मार्फत सरकारले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि १० लाख, दलित समुदाय विकास कर्जाका लागि १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेको छ । सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिलाई मन्त्रिपरिषद बैठकले भदौ २१ गते स्वीकृत गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो ।