एनआईसी एशिया बैंकले रेमिट मार्फत विप्रेषण कारोबारमा निःशुल्क गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले रेमिट मार्फत विप्रेषण कारोबारमा निःशुल्क गर्ने भएकाे छ । एनआईसी एशिया बैंकले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकलाई उच्चतम सेवा दिन बैंककाे रेमिट मार्फत विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना सार्वजनिक गरेको छ । यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआईसी एशिया रेमिट मार्फत नेपाल भरी आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त हुनेछ । एनआईसी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युनशुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक अझ बढि लाभान्वितहुने विश्वास बैंकले लिएको छ । बैंकका मुलुकभर २७६ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । बैंकको वासलातको आकार रु २१९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७६ अर्ब तथा कुलकर्जा करिब रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित गरेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ ।
माघ महिनामा बैंकहरुको निक्षेप र कर्जामा असन्तुलन, निक्षेपको २१४ % कर्जा प्रवाह
काठमाडौं । निक्षेप र कर्जाको विस्तारमा बैंकहरु फेरि असन्तुलित देखिएका छन् । अघिल्लो महिना कर्जा विस्तारभन्दा निक्षेप संकलनको विस्तार बढी देखाएर सन्तुलन कायम गरेका बैंकहरुले तेस्रो त्रैमासको पहिलो महिनामा फेरि असन्तुलन कायम गरेका हुन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २८ वाणिज्य बैंकहरुले पुस महिनामा २१ अर्ब निक्षेप वृद्धि गर्दा ४५ अर्ब रुपैंया कर्जा प्रवाह बढाएका हुन् । कर्जा र निक्षेपको वृद्धिदर अनुपात करिब २१४ प्रतिशत हो । बैंकहरुले पुस महिनाको अन्त्यमा कुल २६ खर्ब ५० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले माघ महिनाको अन्त्यसम्ममा कुल निक्षेप २६ खर्ब ७१ अर्ब रुपैंया पुर्याएका छन्, जसमध्ये २५ खर्ब ६८ अर्ब रुपैंया नेपाली मुद्रामा र १ खर्ब २ अर्ब रुपैंया बराबरको निक्षेप विदेशी मुद्रामा संकलन गरिएको छ । यो निक्षेप नेपाली र विदेशी मुद्रामै अघिल्लो महिनाभन्दा क्रमशः १४ अर्ब र ७ अर्ब रुपैंया बढी हो । त्यस्तै, एक महिनाको उक्त अवधिमा वाणिज्य बैंकहरुले करिब ४५ अर्ब रुपैंया कर्जा प्रवाह बढाएका छन् । कुल २३ खर्ब ८९ अर्ब रुपैंया कर्जा लगानी गर्दा २३ खर्ब १५ अर्ब रुपैंया नेपाली रुपैंयामा र ७३ अर्ब विदेशी मुद्रामा ऋण प्रवाह गरेका हुन् । यो लगानी स्वदेशी र विदेशी मुद्रामा अघिल्लो महिनाको कर्जा लगानीको आकारभन्दा क्रमशः ३८ अर्ब र ७ अर्ब विदेशी बढी हो । त्रैमासिक विवरण सार्वजनिक गर्नुपर्ने भएकोले त्रैमासको अन्त्यमा सम्हालिने बैंकहरु पहिलो र दोस्रो महिना भने असन्तुलित हुने गरेका छन् । अघिल्लो त्रैमासमा पनि कात्तिक महिनामा असन्तुलित देखिएका बैंकहरु मंसिर र पुस महिनामा ‘करेक्सन’ गरेका थिए, यो त्रैमासमा पनि सोही प्रवृत्ति देखिएको छ । सामान्यतया निक्षेपको ८० प्रतिशत कर्जा वृद्धिले बैंकहरुको व्यवसाय विस्तारलाइृ सन्तुलित बनाउँछ तर गत महिना बैंकहरुले निक्षेपको दोब्बर भन्दा बढी कर्जा प्रवाह वृद्धि गर्दा यसले बैंकिङ क्षेत्रको सीसीडी अनुपातमै चाप पर्ने देखिएको छ ।
एनएमबी बैंक सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल
काठमाडौँ । एनएमबी बैंक विदेशी संस्था सीडीसी ग्रुपबाट १ करोड ५० लाख अमेरिकी डलर कर्जा लिन सफल नेपालको पहिलो बैंक भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी विदेशी लगानी भित्र्याउन सफल भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा एनएनबी बैंकका सिइओ सुनिल केसीले बताए । एनएमबी बैंकले सीडीसी ग्रुप सहित ३ वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लगानी भित्र्याइसकेको छ । यस्तो कर्जा लगानी भित्र्याउने एनएमबी बैंक नेपालको पहिलो भएको सिइओ केसीले बताए । सीडीसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । एनएमबी बैंकले बेलायत स्थित फाइनान्सियल टाइम्सबाट लगातार यसवर्ष पनि बैंक अफ दी इयर २०१८ को सम्मान प्राप्त गर्न सफल भएको छ ।