कामनाका ६४ शाखाबाट प्रिमियर इन्स्योरेन्सका सेवा पाइने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच विहीबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका थिए । काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
थानकोटमा खुल्यो कृषि विकास बैंकको शाखा
काठमाडौँ । चन्द्रागिरी नगरपालिका-५ थानकोट कोल्हवीमा कृषि विकास बैंक लि.को शाखा कार्यालयको फागुन ३ गते उद्घाटन भएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक समारोहका बीच कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा उपमेयर लिसा नकर्मी, कृषि विकास बैंक लि.का ब्राण्डएम्वेस्डर दिपाश्री निरौलाको उपस्थिति रहेको थियो ।
कृषि विकास बैंकको साधारणसभा चैत १५ गते, २१ प्रतिशत लाभांश पारित गर्दै
काठमाडौं । कृषि विकास बैंकले आफ्नो १२औँ वार्षिक साधारणसभा आगामी चैत १५ गते डाकेको छ । उक्त सभामा बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, बैठकले अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांशलाई सभालो पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल बैंकको चुक्ता पुँजी कुल १३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकमा सरकारको ५ अर्ब ४३ करोड रुपैंया बराबरको ६ प्रतिशत लाभांशको अभिमोच्य अग्राधिकार शेयर छ । त्यसको ३२ करोड ५८ लाख रुपैंया लाभांश प्राप्त हुन्छ भने भने बाँकी ८ अर्ब ५० करोड साधारण शेयरमध्ये ७८.२२ प्रतिशत अर्थात् ६ अर्ब ६५ करोड बराबरको शेयर को १५.०५३ प्रतिशतका दरले करिब १ अर्ब रुपैंया लाभांश प्राप्त हुन्छ । यसरी कुल १२ अर्ब ८ करोड रुपैंया बराबरका शेयरले ६ प्रतिशतको दरले नगद लाभांश लैजाँदा सरकारले करिब १ अर्ब ३२ करोड ५० लाख रुपैंया भन्दा लाख रुपैंया नगद लाभांश पाउनेछ । उक्त सभा चैत १५ गते शुक्रबार कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्दै छ ।