सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्र्तगत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
शाइन रेसुङ्गा बैंकको नयाँ शाखा रुपन्देही र नवलपरासीमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको देवदह खैरेनी र नवलपरासीको सुनवल नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । खैरेनी शाखाको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री र सुनवल शाखाको सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गरेका थिए । देवदह शाखाको उद्घाटन गर्दै नगरप्रमुख खत्रीले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका कार्य अनुकरणीय रहेको उल्लेख गर्दै अव देवदहको आर्थिक विकास र समृद्धिका लागि सरकारले अघि सारेका अनुदान र सहुलियतका कार्यक्रमलाई वडा वडामा लैजान बैंकलाई आग्रह गरेका थिए । समाजसँग बैंक अभियान सञ्चालन गरेको बैकले स्थानीय जेष्ठ नागरीकलाई बैकमा जेष्ठ नागरिक खाता खोली दिई चेक हस्तान्तरण गर्नुका साथै दोसल्ला ओढाई कदर–पत्रबाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा देवदह खैरेनी शाखा अन्र्तगत देवदह वडा नं. ५ का ९८ बर्षीय टिकाराम तिवारी, वडा नं. ७ का ९५ बर्षीय मोतिलाल अधिकारी, वडा नं. ५ का ८९ बर्षीय चित्रकली थापा, वडा नं. ७ का ८४ बर्षीय भिमलाल खरेल र वडा नं. ५ का ८० बर्षीय सुना कुमारी राना सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि देवदह नगर प्रमुख खत्री, बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सम्मान गरेका थिए । त्यस्तै, सुनवल शाखाको उद्घाटन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले समृद्ध नगर हाम्रो अभियानका साथ कृषि, पर्यटन, उद्योग र व्यापारलाई प्रमुख प्राथमिकता दिएर नगरपालिका अघि बढ्न लागेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व सहित शाखा सञ्चालन गरेकोमा प्रसन्नता व्यक्त गर्दै बैंकसंग मिलेर नगरपालिका अघि बढ्ने बताए । नगरप्रमुख थापाले महेशपुर नाकाको स्तरबृद्धि पश्चात नवलपरासीमा आर्थिक बिकासको सम्भावना बढेको बताउदै बैंक तथा बित्तीय सस्थाको भुमिका पनि बढ्दै गएको जानकारी दिएका छन् । सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले सुनवलको संभावनालाई सार्थक बनाउन बैंकको लगानी उत्पादन र रोजगारमुलक क्षेत्रमा केन्द्रीत गर्न आग्रह गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत ११ गते, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौँ वार्षिक साधारणसभा चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि डेभलपमेन्ट बैंकले आगामी फागुन २७ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट कर सहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई सभामा लैजाँदै छ । हाल एक्सेलको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । ५५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ नाघ्ने छ । त्यसैगरी, बैंकको अधिकृत पुँजी एक अर्बबाट बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।