एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा उद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोकमा उक्त शाखा विस्तार भएको हो । एनआईसी एशिया बैंकका कास्की शाखाका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखाको उद्घाटन गरेका हुन् । बैंकका मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

अब महालक्ष्मी विकास बैंकबाटै महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा पाइने

काठमाडौं । अब महालक्ष्मी विकास बैंकको जुनसुकै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु पाइने भएको छ । उक्त बीमा सेवा सम्बन्धी बुधबार दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार महालक्ष्मी विकास बैंकले आफ्ना १०१ वटै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रदान गर्ने सम्पूर्ण बीमा सेवा दिने छ । गत माघ २७ गतेबाट कारोबार शुरु गरेको इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गरेको छ । हालसम्म महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाडौं, पोखरा र वीरगंजबाट कारोबार शुरु गरिसकेको छ । साथै, यहि फागुनभित्र बाँकी १० वटा शाखा बिर्तामोड, इटहरी, जनकपुर, लाहान, नारायणगढ, बुटवल, दाङ, कोहलपुर, सूर्खेत र धनगढीबाट कारोबार शुरु गर्ने तयारी गरिहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सका सेवा मुक्तिनाथ विकास बैंकबाट पाइने

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीचच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छ । कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृतद्धय तिलबहादुर गुरुङ तथा गोविन्दबहादुर राउतको उपस्थिति रहेको थियो ।