ग्लोबल आइएमई बैंकले रेमिट्यान्स बचतकर्तालाई बोनस दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप रु ५सय उपलब्ध गराउने भएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै व्याज आर्जन होस भन्ने उद्धेश्यका साथ बैंकले यो योजना अगाडी सारेको हो । श्रमका लागि विभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानु अगाडी रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले सबै बैंकिङ्गसेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्गसेवा माफर्त आफ्ना ग्राहकमाझ सेवाप्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार् आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

ओम डेभलपमेन्ट बैंकले गर्याे सन्यास आश्रमलाई सीसी टि भि. सहयोग

काठमाडौं । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेका हुन् । यसअघि बैंकले खैरेनी मा.वि. खैरेनीटार तनहुंको पुस्तकालयलाई केहि पुस्तकहरु हस्तान्तरण गरेको थियो, भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक सामाग्री, दृष्टिबिहिनहरुलाई कम्प्युटर तालिम शिक्षा तथा हरिहर आश्रम देबघाटलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

बजार पूँजीकरणमा वाणिज्य बैंक कै बोलवाला, माथिल्लो तामाकोशी टपटेनबाट बाहिरियो

काठमाडौँ । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बीमा कम्पनीले पनि बजार पूँजीकरणका आधारमा आफूलाई अब्बल सावित गरेको छ । सधैँ जस्तै गत साता पनि नेपाल दूरसञ्चार कम्पनी बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बजार पूँजीकरण एक खर्ब नौ अर्ब ३५ करोड बराबरको रहेको छ । यस्तै, नवील बैंक बजार पूँजीकरणका आधारमा दोस्रो नम्बरमा छ । सो बैंकको ६७ अर्ब ६० करोड ४६ लाख बराबरको बजार पूँजीकरण छ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ६६ अर्ब ८२ करोड ८८ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४७ अर्ब ८३ करोड ८५ करोड रहेको छ । स्ट्याण्र्डड चार्टड बैंकको ४५ अर्ब २६ करोड ६४ लाखको बजार पूँजीकरण हुँदा एभरेष्ट बैंकको ४२ अर्ब ६ करोड छ । हिमालयन बैंकको ३८ अर्ब १७ करोड, एनआइसी एशिया बैंकको रु ३४ अर्ब ५४ करोड, नेपाल एसबिआइ बैंक ३२ अर्ब १९ करोड र एनएमबी बैंकको ३० अर्ब ४८ करोड बराबरको बजार पूँजीकरण रहेको छ । बजार पूँजीकरणका शीर्ष १० स्थानमा उक्लेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी विगत केही सातादेखि भने पछाडि परेको छ । यस्तै स्टकमा यस साता नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्स कम्पनीको शेयर लाभांश सूचीकृत भएका छन् । कोषको चार लाख आठ हजार २२५ कित्ता, महालक्ष्मीको २१ लाख सात हजार ३७ कित्ता र पोखरा फाइनान्सको १९ लाख ९२ हजार २८९ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । रासस