मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउकोष र प्रभु बैंकबीच मुद्दती बचत सम्बन्धि सम्झौता

काठमाडौं । प्रभु बैंक र मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कोषबीच मुद्दती बचत सम्बन्धि सम्झौता भएको छ । उक्त अभियान अन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सो सम्झौता भएको हो । प्रदेशस्तरीय मन्त्री परिषदको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्फबाट सहायक महा प्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो । प्रदेश नं. २ का ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलि दिनेछ । मन्त्रालयले प्रदान गर्ने रु. १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामाखोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यु भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ । प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको लोकप्रिय अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंकले आफुलाई व्यवसायिक मात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । साथै, प्रभु बैंक सामाजिक सेवाभाव सहितको बैंकिङ्ग सेवा उपभोग गरी प्रदेश नं. २ को समग्र विकासमा टेवापुग्ने बैंकले बताएको छ ।

१६ वटा वाणिज्य बैंकले सार्वजनिक गरे ६ महिनाको वित्तीय विवरण, कसको नाफा कति ?

काठमाडौं । बिहीबार(आज)सम्म १६ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष(आव)को पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कुल २८ वटा वाणिज्य बैंक मध्ये बाँकी १२ वटा बैंकहरुले भने हालसम्म दोश्रो त्रैमासिकको रिपोर्ट प्रकाशित गरेका छैनन् । बैंकहरुले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसारको चालु आवको दोश्रो मसान्ससम्मको वित्तीय विवरण गरेका हुन् । उक्त विवरण अनुसार सो मध्ये १५ वटा बैंकको नाफामा वृद्धि भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट आएको छ । नविल बैंक, एनआईसी एशिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लाेबल आईएमई बैंक गरि अन्य ५ वाणिज्य बैंकले पुस मसान्तसम्ममा एक अर्ब माथि खुद नाफा आजर्न गरेका छन् । सो मध्ये प्रतिशतका आधारमा प्रभु बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गत आवको तुलनामा चालु आवको सोही अवधिमा ७३.३२ प्रतिशतले खुद नाफा र ७० प्रतिशतले फ्री नाफा बढाएको छ। त्यसपछि, माछापुच्छ्रे बैंकले आफ्नो खुद नाफा ६० प्रतिशतले बढाएको छ भने फ्री नाफा ७० प्रतिशतले बढाएको छ । प्रभुु बैंक बैंकले चालु आवको पुस मसान्तमा आफ्नो खुद नाफा एक अर्ब ४ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आवको पुस मसान्तसम्मको तुलनामा खुद नाफा ७३.३२ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिको बैंकको नाफा ६० करोड ११ लाख रुपैयाँ रहेको थियो । बैंकले तीन महिनाको अवधिमा रिजर्भको आकार ४ अर्ब ८५ करोडबाट बढाएर ५ अर्ब ६० करोड पुर्याएको छ । त्यस्तै, पुससम्ममा बैंकको कस्ट अफ फण्ड ६.१९ प्रतिशत रहेको छ भने सीसीडी अनुपात ७६.५९ प्रतिशतमा झरेको छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकको खुद नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६०.५९ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ४८ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले ७८ करोड १३ लाख नाफा कमाएको हो । त्यसैगरी बैंकले ७० प्रतिशतले नाफा बढाएको छ । बैंकको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ३६ लाख ६५ हजार बराबर स्वतन्त्र(फ्री) नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ४७ करोड १८ लाख ७६ हजार स्वतन्त्र नाफा कमाएको थियो । बैंकको पुँजी पर्याप्तता अनुपात १२.८३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.४४ प्रतिशत, कस्ट अफ फण्ड ७.८९ प्रतिशत, सीसीडी अनुपात ७७.६४ प्रतिशत र आधार ब्याजदर १०.९९ प्रतिशत रहेको छ । पुस मसान्तको मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात १०.६२ प्रतिशत रहेको छ । त्यसैगरी, रकमका आधारमा नविल बैंकले सबैभन्दा बढी नाफा कमाएकाे छ । बैंकले २ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेर बढी नाफा कमाउनेमा अग्रस्थानमा रहेको छ । नविल बैंक त्यस्तै, नविल बैंकले ६ महिनामै २ अर्ब नाफा कमाएको छ । बैंकले पुस मसान्त अवधीमा २ अर्ब ४ करोड नाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको पुस मसान्तको भन्दा यो नाफा २१ करोडले बढी हो । २०७४ पुसमा बैंकले १ अर्ब ८३ करोड नाफा गरेको थियो । बैंकको कष्ट अफ फण्ड ५.९२ प्रतिशत मात्रै छ भने सिडी रेसियो ७८.५० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ५४.५० रुपैंयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पुस मसान्तमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  यस अवधिमा बैंकले एक खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ३४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । आधार दर ६.३३ प्रतिशत रहेको बैंकको कर्जा निक्षेप अनुपात ७३.६२ प्रतिशत मात्र रहेको छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले चालु आवको ६ महिनाको अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा चालु आवमा आफ्नो खुद नाफा १६४ प्रतिशतले बढाएको हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ५७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । शाखा सञ्जाल २७० वटा पुर्याइसकेको बैंकले यस अवधिसम्ममा एक खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४९ अर्ब ३० करोड कर्जा परिचालन गरेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले ६ महिनामा ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले अघिल्लो आवको सोही अवधीको भन्दा २१ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो । बैंकले पुस मसान्त अवधीमा बैंकको सिडी रेसियो भने ७९.०६ प्रतिशत पुगेको छ । आधार ब्याजदर १०.०६ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड भने ७.५७ प्रतिशत रहेको छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले आफ्नो खुद नाफा १६.९३ प्रतिशतले बढाएर एक अर्ब ४२ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले एक अर्ब २२ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४२ पैसाबाट बढेर ३५ रुपैयाँ ६३ पैसा पुगेको छ । बैंकले ६ अर्ब ७४ करोड ९७ लाखको जगेडा कोष १२.३२ प्रतिशले बढाएर ७ अर्ब ५८ करोड ११ लाख सञ्चित गरेको छ । हिमालयन बैंक त्यसैगरी, हिमालयन बैंकले एक अर्ब १६ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा ६ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा १ अर्ब १० करोड थियो । बैंकको कष्ट अफ फण्ड ६.७३ प्रतिशत छ भने आधार ब्याजदर ९.११ प्रतिशत रहको छ । त्यस्तै, कम्पनीको सिडी रेसियो ७८.४५ प्रतिशत कायम गराएको छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले एक अर्ब ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले २३.०१ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८६ करोड ९३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक चालु आवको पुसमसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेर १ अर्ब ७२ करोड रुपैयाँमा सिमित रहेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ११ करोड रुपैयाँले घटेको हो । बैंकले गत आवको सोही अवधीमा १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको कस्ट अफ फण्ड भने ६.५९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९५.१३ रुपैयाँ रहँदा प्रतिसेयर आम्दानी भने १६.१५ रुपैंयाँ रहेको कम्पनीको विवरणमा उल्लेख छ । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले एक अर्ब दुई करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १२.०२ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले ९१ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।चालू आवको दोस्रो त्रैमासमा ९७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९० अर्ब ९२ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको पुस मसान्तमा बैंकको निक्षेप संकलन ८५ अर्ब १६ करोड ९२ लाख र कर्जा लगानी रकम ७१ अर्ब ३४ करोड १२ लाख रहेको थियो । सानिमा बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा ९४ करोड नाफा आर्जन गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ८० करोड रुपैंयाँ थियो । सानिमाले गत पुस मसान्तको तुलनामा यसपाली १७.५० प्रतिशतले नाफा वृद्धि गरेको हो । ७.५७ प्रतिशत कष्ट अफ फण्ड रहेको बैंकको प्रति सेयर आम्दानी २४.६२ रुपैंयाँ रहेको छ । बैंकको सिडी रेसियो ७८.२५ प्रतिशत पुगेको छ । सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेसनलले चालू आर्थिक वर्षको ६ महिना अवधिमा ७७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले समिक्षा अवधिमा २२.५५ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो । एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ६५ करोड ९६ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । जुन खुद नाफाभन्दा ११ करोड ६ लाख कम हो । समीक्षा अवधिमा बैंकको जगेडा ६८.८८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड २३ लाख रुपैयाँ रहेको छ । सनराइज बैंक सनराइज बैंकको नाफा २४.१३ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा आफ्नो नाफा ७२ करोड पुर्याएको छ । गत आवको पुस मसान्तमा सनराइजको नाफा ५८ करोड रुपैंयाँ मात्रै थियो । सनराइजले ७६ अर्ब निक्षेप संकलन गरेर ६७ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७६.०२ प्रतिशतमा रहेको छ । त्यस्तै, १०.६३ प्रतिशत आधार ब्याजदर भएको बैंकको कष्ट अफ फण्ड ७.५५ प्रतिशत रहेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले चालु आवको पुस मसान्तमा ६७ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा बैंकले आफ्नो नाफा १६ करोडले बढाएर ६७ करोड पुर्याएको हो । २०७४ पुस मसान्तमा बैंकको नाफा ५१ करोड मात्रै थियो । ८ अर्ब २२ करोड चुक्ता पुँजी रहेको लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैंयाँ रहेको छ । लक्ष्मीले आफ्नो सिडी रेसियो ७७.५६ प्रतिशतमा कायम राखेको छ भने कष्ट अफ फण्ड ७.६८ प्रतिशत बनाएको छ । कुमारी बैंक कुमारी बैंकले ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको तुलनामा २९.५४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ५२ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ७ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा वृद्धि भई ४ अर्ब २९ करोड रुपैयाँ सञ्चित भएको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी बढेर १८ रुपैयाँ ६२ पैसा पुगेको छ ।

जनरल इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्कबीच बिहिबारका आयोजित कार्यक्रमबीच उक्त सेवा प्रदान गर्ने सम्वन्धी सम्वन्धी सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका महा प्रबन्धक एस् के तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।