नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्राहकहरुले नेपाल बैंकका देशभरि संचालनमा रहेका १५८ शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमासेवाहरु प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध औषधि–उपचार खर्च प्राप्त गर्नेछन् । यसै सम्झौतासँगैनेपाल बैंककाग्राहकहरुलेपनियस नौलो योजनाहरुको लाभ उठाउन सक्नेछन् । नेपालभरका ग्राहकलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बैंकका ६० वटा भन्दाबढि शाखाहरु संचालनमा ल्याइसकेको छ।

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि बैंकका १३३ शाखाहरु मार्फत रिलायबल लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि / सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सानिमा लाईफ इन्स्योरेन्सले गर्याे कन्चन विकाश र सृजनशिलसँग वीमा सम्झौता

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कञ्चन विकास बैंक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थासंग वीमा सम्वन्धि सम्झौता गरेको छ । महेन्द्रनगरमा छुटाछुटै आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन विकास बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त संझौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको वीमा सेवा उपभोग गर्न सक्ने छन । उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थिति रहेको थियो ।