एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा, कतिमा भर्ने ?
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी हुने भएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर १ लाख ९७ हजार ७ सय १७ कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको जानकारी दिएको हो । एभरेष्ट इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुका लागि एक कित्ता बराबर १.०५ कित्ताका दरले १४ लाख ३ हजा ३ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सोमध्ये बिक्रि नभएको करिब २ लाख कित्ता सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागिएको हो । एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले माघ २८ गतेभित्र न्युनतम १०० कित्ता हुने गरि आवेदन दिन सक्नेछन् । कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीको सेयर मूल्य हाल ८४० रुपैंयाँ कायम रहेको छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा, वासलात २१८ अर्बको
दमक । एन आई सी एशिया बैंक लि.को दमक नगरपालिका वडा नं. ५, क्याम्पसमोड झापा स्थित दमक चोक शाखाको दमक नगरपालिकाका मेयर रोम नाथ ओलीले उद्घाटन भएको छ । यस शाखाले गत भदौं १६ गतेबाट कारोबार सञ्चालन गर्दै आएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
जनता बैंक र बराक साजन एक्स्चेन्जबीच रेमिट सम्झौता
काठमाडौं । नेपालको जनता बैंक र बेलायतको बराक साजन एक्स्चेन्ज लिमिटेडबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याइएको छ । बराक साजन एक्स्चेन्ज लिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका समुदायमा एक्स्चेन्ज सेवा पुर्याउदै आएको बराक साजन एक्स्चेन्ज लिमिटेडले यो संझौतासँगै नेपालमा सेवा प्रारम्भ गर्ने भएको छ । बराक साजन एक्स्चेन्ज लिमिटेडले निकट भविष्यमै पोल्याण्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ । उक्त सेवा पश्चात ति मुलुकमा रहेका नेपालीहरुले समेत जनता रेमिट मार्फत नेपालमा पैसा पठाउन सक्नेछन् । उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सकिनेछ । करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । देश भरीमा जनता बैंकले १२९शाखा, ५० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ८२ एटिएमबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।