ग्लोबल आईएमई बैंकको नाफा ११२ करोड, अरु सूचांकका कस्ता ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले अघिल्लो आवको सोही अवधीको भन्दा २१ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो । बैंकले पुस मसान्त अवधीमा २ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ जुन असोज मसान्तमा जम्मा १ अर्ब २० करोड मात्रै थियो । बैंकले पुस मसान्त अवधीमा ११३ अर्ब निक्षेप संकलन गरेर १०२ अबै कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो भने ७९.०६ प्रतिशत पुगेको छ । १० अर्ब ३१ करोड चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । खराब कर्जा ०.७५ प्रतिशत छ भने स्प्रेड दर ३.८१ प्रतिशत रहेको छ । आधार ब्याजदर १०.०६ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड भने ७.५७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने २३.८५ रुपैंयाँ रहेको छ ।
गण्डकी बिकास बैंक र सिटिजन्स लाइफबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । गण्डकी बिकास बैंक लिमिटेड र सिटिजन्स लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवम् सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द«नाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख बजार व्यवस्थापक कवि फुयालको समेत उपस्थिती थियो ।
अब सिभिल बैंकबाट पनि जनरल इन्स्योरेन्सको बीमा सेवा
काठमाडौँ । सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरे । अब जनरल इन्स्योरेन्सका बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकले यस अघि पनि निर्जीवन बीमा कम्पनीहरु तथाजीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी निर्जीवन वीमा तथा जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।