राष्ट्रिय वाणिज्य बैंकले गर्यो अपाङ्ग बालबालिकालाई सहयोग
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र धादिङ जिल्लाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग उपलब्ध गराएको छ । मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा आयोजना गरेको कार्यक्रममा विशेष किसिमको खेल शो–डाउन टेबल टेनिस ट्रेनिङ्ग क्याम्पमा स्वयमसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामाग्रीको लागि आवश्यक सहयोग गरेको हो । आँखामा ब्लाइन्ड फोल्ड नामक पट्टि लगाई विशेष किसिमले डिजाइन गरि तयार गरिएको टेबल टेनिस बोर्डमा हातमा ग्लोब्स लगाएर विशेष खालको आवाज आउने साउण्ड बललाई पेडलले हिर्काएर बोर्डमा गुडाई दुई व्यक्ति बीच शुरुमा सबै सहभागीहरुलाई प्रशिक्षक प्रकाश खड्का र उनको सहयोगी प्रतीक ढकालद्घारा तालिम अभ्यास गराईएको थियो । उक्त अवधिभरको अन्तिम २ दिन श्री चण्डेश्वरी मा.वि, तुप्चे, नुवाकोट र जनजाग्रिति मा.वि, महादेववेशी, धादिङ्गका सहभागी विद्यार्थीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई एक जना छात्र, एक जना छात्रालाई नगद उपहार र सबै सहभागिहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।
नेपाल क्लियरिङ्ग हाउस र सिटि एक्सप्रेसबीच विद्युतीय भुक्तानी प्रणालीमा शुरू
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कारोवार शुरु गर्ने गरि सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिन र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतको सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालनगर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफगर्ने प्रणालीको लागिअन्तरबैंक विद्युतीयभुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानीगर्न सकिने प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ । नेपाल क्लियरिङ्ग हाउससँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग र अन्य ३ कम्पनीसँगको रुपमा सम्झौता गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकमा “प्रोफेशनल कर्जा” सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई प्रोफेशनल कर्जा” सञ्चालनमा ल्याएको छ । पेशागत व्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी बैंकले सञ्चालनमा ल्याएको “प्रोफेशनल लोन” अन्र्तगत सेवाग्राहीले बिना धितो रु १५ लाख सम्म ऋण प्राप्त गर्न सक्ने भएका छन् । ग्लोबल आइएमई बैंकले ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता नयाँ नयाँ सेवाहरु संचालन गरिरहेको छ । बैंकले कृषिमा आधुनिकिकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई व्यवसायी कर्जा, विद्यार्थीहरुको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको छ । उच्चतम व्याजदरको साथमा बिमा सुविधा सहितको नवरत्न बचत खाता लगायत अन्य बचत खाताहरु मार्फत पनि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । देशभरि १३३ शाखा, १४२ एटिएम, १५ वटा राजश्व संकलन काउण्टर, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा बाहिर रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आईरहेको छ ।