काठमाडौं । ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई प्रोफेशनल कर्जा” सञ्चालनमा ल्याएको छ । पेशागत व्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी बैंकले सञ्चालनमा ल्याएको “प्रोफेशनल लोन” अन्र्तगत सेवाग्राहीले बिना धितो रु १५ लाख सम्म ऋण प्राप्त गर्न सक्ने भएका छन् ।
ग्लोबल आइएमई बैंकले ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता नयाँ नयाँ सेवाहरु संचालन गरिरहेको छ । बैंकले कृषिमा आधुनिकिकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई व्यवसायी कर्जा, विद्यार्थीहरुको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको छ । उच्चतम व्याजदरको साथमा बिमा सुविधा सहितको नवरत्न बचत खाता लगायत अन्य बचत खाताहरु मार्फत पनि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
देशभरि १३३ शाखा, १४२ एटिएम, १५ वटा राजश्व संकलन काउण्टर, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा बाहिर रहेका नेपालीमाझ सेवा प्रदान गर्दै आईरहेको छ ।